Aamsanchar

बाँकी नतिर्ने छ हजार २८६ ग्राहकको लाइन  काटियो

Author Image
शनिवार, भदौ २५, २०७३

line katdai

काठमाडौँ ।

नेपाल विद्युत् प्राधिकरणले बाँकी बक्यौता नतिर्ने छ हजार २८६ ग्राहकको लाइन काटेको छ ।

प्राधिकरणको वितरण तथा ग्राहक सेवा निर्देशनालयका अनुसार आजसम्म ती ग्राहकको लाइन काटिएको हो । यस्तै प्राधिकरणले रु ११ करोड १४ लाख ३९ हजार ८१८ बक्यौता समेत असुल गरेको छ । यही भदौ ३ गतेदेखि सुरु भएको बक्यौता नतिर्ने ग्राहकको लाइन काट्ने अभियानले सफलता प्राप्त गर्दै गएको प्राधिकरणले जनाएको छ । यस्तै आजसम्म तीन हजार २९८ ग्राहकको लाइन पुनः जोडिएको छ ।

प्राधिकरणका उपकार्यकारी निर्देशक गोपालबाबु भट्टराईका अनुसार लाइन काटिएका ग्राहकबाट रु २७ करोड ९६ लाख १२ हजार २९० बक्यौता रहेको छ । प्राधिकरणले बक्यौता नतिरेका ग्राहकलाई विद्युत् नदिन र दिइएको पाइए कानुनानुसार कारबाही गर्ने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 103

प्रतिक्रिया (०)