Aamsanchar

सचेतना अभियानमा झापा युवा सरोकार समाज

Author Image
मङ्गलवार, चैत ४, २०७६

चारपाने । झापा युवा सरोकार समाजले कनकाई नगरपालकामा पर्ने दुई वटा ठुला विद्यालयमा कोरोना भाईरस (कोभिड १९) बाट जोगिन गर्नुपर्ने आधारभूत जानकारीमुलक सामाग्री बितरण गरेको छ ।
कनकाई नगरपालिका वडा नं.८ लक्ष्मीपुरमा स्थापना भएको झापा युवा सारोकार समाजले कनकाई–७ दुर्गापुरको भृकुटी माध्यमिक विद्यालय र कनकाई–९ घैलाडुब्बाको आर्दश विद्या मन्दिरमा  आज  आयोजित एक कार्यक्रमका विच सचेतना मूलक सामग्री हस्तान्तरण गरेको हो ।

कनकाई ७ र ८ नम्बर वडाको सहयोग लोट्स डिजाईन एण्ड प्रिन्टिङको सहकार्य र युवा सरोकार समाजको संयोजनमा उक्त काम गरिएको युवा सरोकार समाजका अध्यक्ष प्रसान्त गिरीले जानकारी दिए । अभियान अन्तरगत भोली कनकाई ८ मा रहेको हिमाली आधारभूत विद्यालयमा कार्यक्रम गर्ने बताईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 267

प्रतिक्रिया (०)

सम्बन्धित खबर