Aamsanchar

चार बलत्कारीलाई भारत सरकारले दियो फाँसीको सजाय

Author Image
शुक्रवार, चैत ७, २०७६

एजेन्सी । भारतमा निर्भया बलात्कार–हत्याकाण्डका ४ आरोपीहरुलाई आज झुण्ड्याएर फाँसी दिईएको छ ।  बिहान ५ बजेर ३० मिनेटमा उनीहरुलाई तिहाड जेलमा फाँसी दिईएको हो ।  बिहीबार दिल्ली उच्च अदालतले दोषीहरुलाई मृत्युदण्ड दिन नहुने भन्दै दायर गरिएको रिट खारेज गरेपछी अदालतको यो फैसलासँगै उनीहरुलाई फाँसी दिईएको भारतीय सञ्चारमाध्याहरुले जनाएका छन् ।

सन् २०१२ को डिसेम्बर १६ मा दिल्लीमा मेडिकल कलेजकी छात्रा निर्भयाको बलात्कारपछि हत्या भएको थियो । बलात्कारपछि गम्भीर घाइते निर्भयाको डिसेम्बर २६ मा सिंगापुरमा उपचारका क्रममा मृत्यु भएको थियो । घटनाको ९ महिनापछि अर्थात सन् २०१३ मा तल्लो अदालतले ५ दोषीलाई फाँसीको सजाय सुनाएको थियो । जसमा रामसिंह, पवन, अक्षय, विनय र मुकेश रहेका थिए ।

त्यसपछि मार्च २०१४ मा उच्च अदालत र २०१७ मा सर्वोच्च अदालतले पनि मृत्युदण्डको सजाय सुनाएको थियो । मुद्धा चलिरहेकै बेला मुख्य दोषी रामसिंहले तिहाड जेलमै झुण्डिएर आत्महत्या गरेका थिए । अर्का एक दोषी नाबालक भएको भन्दै केही वर्ष सुधार गृहमा राखेर रिहा भैसकेका छन् । बाँकी रहेका ४ जनालाई आज फासी दिईएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर