Aamsanchar

कोरोना,भ्रम र मिडिया

Author Image
बुधवार, चैत १२, २०७६

“चैत ७ गते राती  फेसबुक खोले _ एउटा मेसेज आयो “

नोर्विक अस्पताल मा ६ कोरोना बाट पिडित भेटिए रे” “

कोरोना ,भ्रम मिडिया

एउटा गलत खबर ,कुनै घाताक भाइरस भन्दा कम खतरनाक हुदैन् र अहिले विश्व सहित हामी नेपालीहरू  पनि त्यई FAKE NEWS भाइरस बाट संक्रमित भइ रहेका छौ । चनिया उत्पादन झैँ  फेक न्युज भाइरस को बजार पनि विश्वव्यापी भई सकेको छ ।

प्रसङ्ग जोडौ चैत्र ७ गते को अनेकौ  झुठो खबर FAKE NEWS लाई खण्डन गरि रहदा रातीको ९ बजे फेसबुक मा आएको एउटा ओडियो संदेश ले सिङ्घो शरीरनै  चिसो बनायो,  संदेशमा एक जना २० ,२५ बर्ष का युवा ले केही कूरा सार्वजनिक गरीरहेका थिए , त्यस व्यक्ति  को भनाइ यस प्रकार थ्यो ।

“भरखरै राजधानी को एक निजि अस्पताल मा कोरोना का संक्रमित ६ जना भेटिएका छन्, महामारी फैली सकेको छ नेपाल सरकार ले जानकारी लुकाउने प्रयास गर्दै छ। “

सजिलै कुनै पनि समाचार न पत्याउने मेरो बानीले , मेरो मनमा अनेकौ प्रश्न उब्जायो तर एक हिन्दि उखान “रोगी ठगे  या भोगी” अर्थात्  ” समस्याको बेला हामी धेरै भयभित भएर जुनसुकै कुरालाई एक पल्ट को लागि सहि मान्दछौ।

हतार हत्तर मैले बिस्व स्वस्थ संगठन को अधिकारिक वेबसयिट खोले  र त्यो समाचारको सत्यता खोतल्न थाले र केहि बेरमै मा यो नतिजा मा पुग्न सफल भए कि यो थ्यो FAKE  NEWS  बजार को नया खबर ।

एकातिर १४५ भन्दा बडी  देश को  ३,९६,000 / – मानिस लाई असर पुर्याउने कोरोना भाइरस विश्व  स्वास्थ संगठन बाट PANDEMIC  अर्थात् महामारीको रुपमा घोषित भैसकेको छ । चिन को वुहान  प्रांन्त बाट उठेको यो  घातक कोरोना भाइरस संग -संगै  भ्रमात्मक प्रचार को सिलसिला पनि त्यति नै बलियो देखियो ।

गलत जानकारी र नक्कली समाचार ले सोशल मीडिया तातीए को छ । डिसेम्बरदेखि फैलिएको गलत प्रचार प्रसार ले मानिस हरू मा डर त्रासले अर्को दुर्घटना निम्ताउने सम्भावना देखा परेको छ ,

डब्लू एच ओ , युनिसेफ  जस्ता अधिकारिक संस्था हरुको नाम बाट  , तापक्रम बढेसंगै कोरोन निस्क्रिय हुने , आइसक्रिम खादा बढ्ने , भाइरस संग जोगिन एन ९५ प्रकारको मास्क मात्र कारगर हुने, अमेरिकामा बिभिन्न किसिमको युद्ध लड्नका लागि चीनमा गोप्य रूपमा भाइरस विकसित भएको थियो। जस्ता गलत जानकारीले  एउटा मानशिक ष्डीयन्त्र को आभास गराउछ,

त्यस्तै चिनियाँ महिलाले, चोपस्टिक्समा ब्याट समातेको एउटा भिडियो यति वायरल भयो कि विश्वभरका सोशल मिडिया प्रयोगकर्ताहरूले चिनियाँ जनताको खाना , पिन लाई नै माहामारी प्रकोप कारणको रूपमा दोषन् थाले। पछि यो प्रमाणित भयो कि भिडियो  वुहानको थिएन्।

बिना पुष्टी मनपरी लेखने खबरको बाडी नै आइरहेको छ सामाजिक संजाल मा र त्यसलाई  बल दिदै छन् अनलाईन पोर्टल र युटुब च्यानल हरुले । केहि लाईक र शेरको यो पत्रकारिता आफै मा लज्जास्पद बने को छ । कोरोना ले मानव सभ्यता को मनोबल खसाले को बेला मानव द्वारा झन् परिस्थीती लाई अझै कठिन बनाउनु कति को सहि होला?

त्रासको बेला मानिस हरुमा सहि र गलत छुट्याउने क्षमता कम हुदै जान्छ, र सोहि बेला  मानसिक षड्यन्त्र ले जन्म लिन्छ । नेपाली समाजमा, भारतीय मीडिया को बढी प्रभाव रहेको छ, भारत मा भाईराल भएका संदेशले  छिटै नेपाली बजार तताउछ  । कहिले कहिँ हामी भित्र को मुर्खता येति सम्म चरममा पुग्छ कि ,भारत का प्रधानमन्त्री नरेन्द्र मोदी ले आफ्नो देश का लागी लागु गरेका ,संदेश र आदेश समेत पालना गर्ने , गरेको छौ तर आफ्नै सरकार ले अघि सरेको निर्देशन को अवज्ञ गरेको देखिन्छ   हामी नेपाली  विवेकशील हुदा ,हुदा यर्थाथ न बुझी , आंकलन गरि कुनै पनि खबर फार्वर्ड गरी दिने ,र सही हो भनी पुष्टी गरेको देखिन्छ।

सहि तथ्यांक नबुझी  समाज मा कोरोना सम्बन्धि अनेकौ हल्ला को बारे मा सुनदा अचम्भ लागछ , जिम्मेदार मीडिया हाउसहरुले  विभिन्न तथ्यांक रहित खबर सम्प्रेषित गर्छन भने कोहि ले त सामाजिक संजाल मा सम्प्रेषित सामग्री लाई खबर बनाएर पस्किने गर्छन्  , जसको उदाहरण  ,एउटा खबरमा भनिएको थीयो नेपाल को एक बिकट चिनिया सिमावर्ती गाऊ मा भेटिए १०८ कोरोन रोगि ” र यो खबर चैत्र को डडेलो झैँ फैलीयो, आर्को तर्फ बिना फसेबूक डाक्टरहरूको पनि कमी छैन् अनेकौ उपाए , औषदी बताई रहेका पाईने गरेकोछ , “कागती खादा, तातो पनि खादा”  कोरोना नलाग्ने  जस्ता हल्ला चलिरहेको बेला नेपाल सरकारको एक नगरपालिका ले त अधिकारिक रुपमै आधिकारिक सूचना जारी गरी जनतालाई बेसल, हल्दी र लसुन सेवन गर्न आग्रह गर्नुले हामी कतिको सजग र तथ्यांक मुखी छौ भने कुरा दर्शाउछ।

कोरोना को मूल उत्पति के कारणले भएको हो भन्ने अधिकारिक पुस्टि न भएको बेला यस्ता औषधि कतिको सहि छन् ?

अहिले लक डाउनको बेला  खाद्यान्न को अधिक भण्डारण गर्नु , मास्क , हण्डसनितैज़ेर, इन्धन रोजमरा को सामग्री  ले कालाबजारी ले थप पिडा जनता ले भोगनु परेको  छ  ।

यसको जिम्म्दार को ?

आहिले राष्ट्रिय मीडिया , सामाजिक संजाल मा ब्रेअकिङ्ग फेक न्युज र तेस्को खण्डन गर्ने जमात बीच को द्वन्द पनि देख्न थालीए को छ ,धन्यबाद ति खण्डन गर्ने आभ्यांता हरुलाई

बेलायतमा, राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) ले काउन्टर डिसइन्फर्मेसन एकाईको रूपमा एक नया पहल शुरू गरेको छ, जसले टेक कम्पनीहरु र सोशल मिडियाको साथ मिली झूठा समाचार रोकने प्रक्रिया चालु भएको छ, भने सिङ्घपुर मा झुटो समाचार सम्प्रेषण गर्ने र सो लाई शेर गर्ने माथि कारवाही हुने गरेको छ । यस्तो ब्येबस्था गर्नमा  हाम्रो देश पछि परेको छ ।

कोरोना विश्व व्यापी समस्या भएको हुनाले , यसको अनुगमन स्वयं विश्व स्वस्थ संगठन ले गर्दैछ र सो अवस्था मा तथ्यांक लुकउन कुनै पनि देश को लागि असम्भव छ । तर  समाज म नकारात्मक सोच का तत्व हरुले सत्य सहजै ग्रहण गर्दैनन् ।

फके न्युज को बजार म प्राय सुनिने “तपाईलाई थाहा छैन सरकारले कुरा लुकाईरहेकोछ मेरो काका को साथि ले भनेको कुरा हो १०० % सहि छ ‘ अब, दोष कसलाई दिने काका लाई या भतिजालाई ?

कुरा मार्मिक त्यो बेला बन्छ जब, यस्ता भ्रमात्मक कुरा लाई देश को शिक्षित युवा पिडिले अगाडी फार्वर्ड गर्छन , त्येही नर्भिक अस्पताल को बारे मा औडियो बनाउने युवाले , कोरोन सम्बन्धि जनचेतना मुलूक खबर बनाउन सक्दैन थिए र ?

झन् एउटा राष्ट्रिय मिडियाले त बिरगंज निवास शिव कुमार रुन्गाता लाई कोरोन पोजेटीब  नै पुस्टि गरिदियो , मिडिया मार्फत यस्तो खबरलाई सम्प्रेषण , गर्दैजादा मिडिया माथि नै प्रश्न उठ्न सक्छ । नकारात्मक खबर बाट सुरु भएको विषय लाई पुन सकारात्मक बनाउन र सत्य जानकारी बुझाउन हम्मे हम्मे पर्दो रहेछ।

” यस्तो  बेला हामी सबैले खबर को सत्यता चिनेर असत्य को खण्डन गर्ने हो भने त्यसता खबर ले भ्रम फैलाउने अवसर पाउदैन र  निरउत्साहित खबरको रफ्तार आफै खत्म हुन्छ ”

“हाथ हाथ म फोन र इन्टरनेट को क्रान्तिकारी युगम फके न्युज फैलाउन तेती गार्हो छैन तर सत्य  भन्दा असत्य जहिले पनि भरि देखिएता पनि आन्तिम म बिजय सत्य को नै हुने गर्छ तर जसले आफ्नो बिबेकको  प्रयोग न गरि हतार म असत्य को बाटो रोज्छ उसको अन्त पनि दुखद हुने गरेको छ ।“

FAKE NEWS न्युज का केहि प्रमुख हेडलयिन्स हरु :

१, कोरोन भाइरस चिनले अमेरिका संगको आफ्नो अर्थतन्त्र जोगौउन फैलाएको हो ।

२, यो भाइरस होइन चिन ले बनाएको जैविक हतियार हो ।

३, चिन ले हजारौ मान्छे जलाएको छ ।

४, कोरोन लागेको मान्छे को मित्यु निश्चय छ ।

५, नोर्विक अस्पताल मा ६ जना संक्रमित भेटिए ।

६, काठमाडौँ टेकु अस्पताल मा प्लास्टिक भित्र ५ ओटा लाश राखिएको देखे एक जना   युवक ले ।

७, नेपाली सेना ले राती १२ बजे हेलिकोप्टर बाट औषादी छर्ने।

८, काकरभीटा को मनिष मेडिकल मा ६ जना कोरोन पोजितिव भेटिए ।

९, रसियाले मानिस हरु लाई घर बाट बाहिर न आउन ,बाघ सडक मा छोड्ने रे ?

१०, लामखुट्टे को टोकाई ले कोरोन सर्न सक्छ ।

केहि विकृत मनिस्तिथि  भएका हरुले सस्तो लोकप्रियता र ठट्टा को  लागि हॉस्य चुटकला कहानी ,गित बनाई कोरोनालाई मजाक को पात्र बनाई रहेको छन् भने फसेबूक  , वाटसेप  जस्ता सामाजिक संजाल बाट सम्प्रेषण गर्छन र घर घर मा बसेका बिज्ञ हरुले एसको प्रचार प्रसार गरी ,टाइम पास को माध्यम बनाउने गरेको सजिलै देख्न पाइएको छ ।

यो भिसम परिस्तिथि मा मिडिया कर्मी , आम नेपाली जनता , र सामाजिक संजाल प्रयोगकर्ता ले यस्तो  फेक न्युज लाई हतोउत्शहित  गर्नु पर्छ नत्र एकदिन बाघ आयो बाघ आयो भने झैँ सहि खबर पनि FAke  NEWS  को बोझ तल थिचिन् जान्छ ,

कसरि चिन्ने त फेक न्युज ?

मुहान पता लगाउनु होस् ,येदि कसैले तपाइलाई कुनै खबर दिन्छ भने पहिले उसलाई त्यो खबरको स्रोत को बारेम प्रश्न गर्नुहोस् या तपाइले फलो गर्ने गरेका ओनलाईन मिडिया पोर्टल , न्युज च्यानल हरुको तेस्को वास्तविक को अध्यन गर्नु होस् ।

१, इन्टरनेटमा जाँच गर्नुहोस् यदि कथाहरू दोहोरिएका छन् भने। यदि स्रोत “साथीको साथी” हो भने, यो अफवाह हो जब सम्म तपाईं व्यक्तिलाई सीधा चिन्नुहुन्न, आगाडी फर्वड नगर्नूस्।

२,  लोगो जाँच गर्नुहोस् सन्देशमा प्रयोग भएको कुनै पनि संगठनको लोगो आधिकारिक वेबसाईट जस्तै  देखिन सक्छ सो त्येसको बैधता जाच गर्नु आवश्यक छ ।

३,  खराब भाषा र शैली : विश्वसनीय पत्रकार र संगठनहरू ले दोहोरो ,  व्याकरण गल्तीहरू गर्ने न्युन सम्भावना हुन्छू। साथै, पूँजी अक्षरमा पूर्ण रूपमा लेखिएको वा धेरै विस्मयादिबोधक चिह्नहरू समावेश भएको छ भने सो समाचार को आधिकारिकता माथि शंका गर्नु पर्छ ।

४, सामाजिक मिडिया को खाताहरू अध्यन गर्नुस्: केहि नक्कली खाताहरूले वास्तविक कुराको नक्कल गर्ने गर्छ , उदाहरण को लागी, अनौपचारिक ट्विटर ह्यान्डल @ बीबीसी न्यूज टुनाइट, जो वैध @ बीबीसी न्यूज खाता जस्तै देखिने बनाइएको छ, अभिनेता डानियल रेडक्लिफको कोरोनाभाइरसको सकारात्मक परीक्षणको बारेमा नक्कली कथा साझा गरेको छ।कुनै पनि यस प्रकार को समाचार आउँदा गूगल या विश्वसनीय मीडिया प्लेटफार्म मा त्यो खबर छ या छैन भन्ने कुरा को खोजी गर्नु होस।

५, साझेदारी गर्नु अघि सावधान: सावधान हुनुहोस् यदि सन्देशले तपाईंलाई साझा गर्न भनिन्छ भने यो Fake News  हुन सक्छ र तपाइको एक क्लिकले यसलाई भाइरल बनाउना सक्छ

६, तथ्याकं checking जाँच गर्ने वेबसाइटहरू प्रयोग गर्नुहोस्:  factscan.org, International Fact-Checking Network (IFCN), PolitiFact.com, Hoax Slayer, or Snopes.com जस्ता वेबसाईट हरूले सामान्य नक्कली समाचारहरू को बारेमा  जानकारी उपलब्ध गराउने गर्छन। लेखको शीर्षक खोज्नको लागि खोज इन्जिन पनि प्रयोग गर्न सक्नुहुनेछ या मुख्यधारका मिडियाको सहायता लिन सक्नु हुन्छ त्येसो गर्दा नक्कली समाचार सहज रुपमा चिन्न सकिन्छ।

मनन रहोस कोरोना सम्बन्धि सम्पूर्ण अधिकारिक समाचार या त सम्बन्धित देशको गृह मंत्र्यालय या स्वस्थ मन्त्रालय ले सार्वजनिक गर्छ या बिस्व स्वस्थ संगठन को अधिकारिक वेबसयिट www.who.int ले उपलब्ध गराएको हुन्छ ।

देश मा एक जना संक्रमितको पहिचान भइसकेको अवस्था मा फेक न्यूज को भाइरस अझै बिकराल बन्न  सक्छ । हामी सगं कोरोना को औषधि न भए पनि यो भाइरसको उपाए अवश्य छ। आउनुहोस आफ्नो बुद्धि ,बिबेक लाई प्रयोग गर्दै एक असल नागरिक को जिम्मेदारी बोध गरेर यस्ता FAKE NEWS लाई  परस्था गरौ नत्र कोरोन रोगि संगै देश म मानषिक रोगि पनि देखा पर्ने छन् ।

सत्य खबर लाई सार्वजनिक र नक्कली फेक न्यूज लाई नीरउत्साहित गरौ।

घर म बसौ, lockdown को आदर गरी सहयोग गरौ र याद राखौ

“संसारका विकशित देश हरुले गरेको भूल हामी नगरौ” घर मे बसौ सुरक्षित बसौ।

लेखक झापाली फोटोपत्रकार, सामाजिक अभियन्ता हुँन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 338

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१