Aamsanchar

कनकाईमा १४३१ जनाको दाहसंस्कार

Author Image
शनिवार, भदौ २५, २०७३

kankai copy

बिर्तामोड ।
कनकाई माईको पूर्वीतटमा रहेको कनकाई आर्यघाटमा दुईवर्षभित्रमा १ हजार ४ सय ३१ जनाको दाहसंस्कार गरिएको छ ।
त्यतिनै संख्यामा पश्चिमतटमा पनि दाहसंस्कार गरिएको कनकाई घाट सञ्चालन समितिका अध्यक्ष प्रभाखर कडरियाले जानकारी दिए । २०७१ साल असार २९ गते शनिअर्जुन नगरपालिका निवासी राजन घले दर्जीको दाहसंस्कारबाट शुरु गरिएको उक्त घाटमा हालसम्म त्यतिका संख्यामा मानिसको दाहसंस्कार गरिएको तेस्रो वार्षिक साधारणसभामा अध्यक्षले बताए । अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै उनले भने– ‘दाहसंस्कारका लागि ल्याइएका सातवटा शवलाई दाउरा तथा सेवा शुल्क पनि पुरै छुट गरिएको छ ।’
घाटमा ल्याइएका १५ वटा शवलाई दाउरामा लाग्दै आएको आधा रकम छुट गरिएको छ । कनकाई घाटमा दाहसंस्कारका लागि ल्याइएका शव अन्त्येष्टिका लागि ३ हजार रुपैयाा दाउराको शुल्क र सेवा शुल्क वापत ५ सय रुपैयाा लिइादै आएको अध्यक्ष कडरियाले बताए । घाटसम्म जानका लागि कोटीहोम परिसरबाट बाटो निर्माण गरिएको कार्यक्रममा अध्यक्षले जानकारी दिए । जसका लागि १ लाख ५० हजार जिविसबाट र ६० हजार कनकाईघाम धार्मिक संस्थाबाट सहयोग उपलब्ध भएको बताइएको छ । चारवटा शवदाह स्थल निर्माण गर्ने लक्ष्य राखिए पनि हाल दुईवटा शवदाह स्थल निर्माण गरिएको अध्यक्षले कडरियाले बताए ।
निर्माण गरिएका दुईवटा शवदाह स्थलबाट अहिले शवको अन्त्येष्टि गरिादै आएको कार्यक्रममा जानकारी दिइयो । घाट परिसरमा अहिले सहारा नेपाल (साकोस)को लगानीमा खानेपानी टेंकी निर्माण भई सञ्चालनमा आएको, सहाराकै अगुवाईमा झापाका ६८ वटा संघ–संस्थाको सहयोगमा समर्पण राष्ट्रिय अभियानमार्फत संकलित रकमले कर्मयोग भवन निर्माण भइरहेको अध्यक्षको प्रतिवेदनमा उल्लेख छ ।
कर्मयोग भवनको निर्माण कार्य चार ब्लक, १६ वटा कोठा र प्रत्येक व्लकमा एउटा–एउटा सभाहल र भुइातला निर्माणका लागि दुई करोड ४० लाख रुपैयाा खर्च हुने बताइएको छ । जसमध्ये १ करोड ८५ लाख खर्च भइसकेको कार्यक्रममा जानकारी दिइयो । कर्मयोग भवनको निर्माण कार्य ८५ प्रतिशत सम्पन्न भइसकेको छ । यसैगरी संस्थाको गुरुयोजनामै परेको मलामी विश्रामका लागि शिक्षासेवी जयनारायण ढुंगाना र अञ्जना ढुंगानाद्वारा शितल चौतारी निर्माण गरिएको कार्यक्रममा जानकारी दिइयो ।
यसैबीच संस्थाले मानार्थ सदस्य ढुंगाना दम्पत्तिलाई सम्मान समेत गरेको छ । ढुंगाना दम्पत्तिले पुर्‍याएको योगदानको स्मरण गर्दै प्रमुख जिल्ला अधिकारी मदन भुजेल र संस्थाका अध्यक्ष कडरियाले उनीहरुलाई सम्मानपत्र प्रदान गरेका थिए । उनको सम्मानपत्र ढुंगानाका दाजुले ग्रहण गरेका थिए । ढुंगाना दम्पत्तिले कनकाईघाट परिसरमा विश्रामालय तथा शौचालय निर्माण गरिएको कार्यक्रममा जानकारी दिइयो ।
त्यस्तै संरक्षक सदस्यहरु गरामनी निवासी होम पाण्डे, बिर्तामोडका मातृका कोइराला, कनकाई नगरपालिका–३ का प्रभाखर कडरिया र बिर्तामोडका चन्द्र डाागीलाई पनि सम्मान गरिएको थियो । त्यस्तै विशिष्ट सदस्यद्वय केदार गिरी र युवराज मैनाली र कर्मचारीद्वय खेमराज शिवाकोटी र योगराज धमलालाई सम्मान गरिएको थियो ।
कार्यक्रमकाबीच ३३ जना आजीवन सदस्यलाई प्रमाणपत्र वितरण गरिएको थियो । मानार्थ सदस्य ढुंगानाको जीवनी संस्थाका सचिव सूर्यप्रसाद उप्रेतीेले वाचन गरेका थिए । कार्यक्रममा कांग्रेस झापा नेता देउमान थेवेसहित, पर्शुराम गिरी, अमर विष्ट, कुमारमणि पोखरेल लगायतले बोलेका थिए । संस्थाका उपाध्यक्ष एकराज उप्रेतीले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव मदनगोपाल सुब्बाले गरेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 117

प्रतिक्रिया (०)