Aamsanchar

प्रदेश १ बाट आठ जिल्लाका ४६ जनाको नमूना संकलन

Author Image
मङ्गलवार, चैत १८, २०७६

मोरङ । आज मंगलबारसम्म प्रदेश १ मा कोरोना संक्रमणको आशंकामा ४६ जनाको नमूना संकलन गरिएको छ । कोरोना भाइरस (कोभिड १९) का तीन दर्जन बढीको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

१० महिला सहित ४६ जनाको नमूना संकलन गरिएको सामाजिक विकास मन्त्रालय प्रदेश १ का प्रवक्ता डा.सुरेश मेहताले जानकारी दिए । झापाबाट ५ जना, मोरंगबाट ७ जना, सुनसरीबाट २५ जना, धनकुटाबाट १ जना, तेह्रथुमबाट २ जना, सोलुखुम्वुबाट २ जना, उदयपुरबाट १ जना र पाँचथरबाट ३ जनाको नमूना संकलन गरिएको छ । यसमध्ये ३० जनाको रिपोर्ट नेगेभिट आएको छ । १६ जनाको रिपोेर्ट आउन बाँकी रहेको प्रवक्ता डा. मेहताले बताए ।

यस्तै प्रदेश १ मा आज सम्ममा ७ जना आईसोलेसनमा भर्ना भएका छन् । ४ महिला सहित ७ जना आईसोलेसनमा रहेको उनले बताए । सोलुमा १, उदयपुरमा २, पाँचथरमा ३ र ताप्लेजुङबाट १ जना आईसोलेसनमा भर्ना गरिएको छ । आईसोलेसनमा भर्ना भएका मध्ये २ जना डिस्चार्ज भएको प्रवक्ता डा। मेहताले बताए ।

प्रदेश १ मा हाल सम्म ३५ वटा अस्पतालका ३ सय ६१ वटा आईसोलेसन बेड तयारी अवस्थामा रहेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 64

प्रतिक्रिया (०)

सम्बन्धित खबर