Aamsanchar

अन्तिम विकल्प सेना, स्वास्थ्य सामाग्री ल्याउने जिम्मा दिने तयारी

Author Image
बिहिवार, चैत २०, २०७६

काडमाडौं ।देशका धेरै विकास निर्माणका काम नेपाली सेनाले सम्पन्न गरेको छ केही गर्नेक्रममा छन । सरकारले विभिन्न ठेकेदार कम्पनीलाई दिएको काम ठेकेदार कम्पनीले पुरा नगरेका, धेरै जोमिम भएर गर्न नमानेका कामहरु सरकारले आफै नेपाली सेना लगाएर सम्पन्न गराउने गर्दै आएको  नेपालमा लामो ईतिहास छ । यतीवेला कोरोना महामारीको भय बढदै गएको अवस्थामा औषधि र कोरोना संग लडने, छेक्ने समाग्री  खरिद गर्न नेपाली सेनालाई जिम्मा दिईन लागिएको छ ।

स्वास्थ्य सेवा विभागले पूर्वप्रतिवद्धताअनुसार कोरोना भाइरस (कोभिड–१९) को उपचारका क्रममा प्रयोग हुने स्वास्थ्य सामाग्री खरिदका लागि टेण्डर आह्वान गरेन ।

ओम्नी विजनेश कर्पोरेट इन्टरनेसनलसँग गरेको विवादास्पद खरिद सम्झौता रद्द गरेको घोषणा गर्दै विभागका महानिर्देशक महेन्द्रकुमार श्रेष्ठले नेपाल आपूर्तिकर्ताहरुसँग बिहीबार कोटेसन माग्ने बताएका थिए । बिहीबार नेपाली सप्लायर्सहरु विभागमा पुगेका थिए ।

उनीहरुले पूर्वप्रतिवद्धताअनुसार आम्नी समूहले भन्दा सस्तोमा स्वास्थ्य सामाग्री ल्याउन बताएका थिए ।

तर विभागले टेण्डर आह्वान प्रक्रिया सुरु गरेन । ‘जीटूटीमार्फत ल्याउने कि भनेर छलफल भइरहेको खबर आएपछि आज प्रक्रिया सुरु गरिएन’ विभागका महानिर्देशक श्रेष्ठले  भने ।

स्रोतकाअनुसार कोरोना रोकथामसम्बन्धी उच्चस्ततरीय समितिले जी टू जी (दुई देशको सरकारबीच) सहमति गरेर स्वास्थ्य सामाग्री ल्याउने जिम्मा नेपाली सेनालाई दिने तयारीबारे छलफल भइरहेको छ । सम्भवतः समितिले बिहीबार नै निर्णय गर्नेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर