काठमाडौं । भारती प्रधानमन्त्रीसहित सांसदको तलबमा ३० प्रतिशत कटौती गरिएको छ ।
विश्वभर बनेको कोरोनाले भारतमा प्रकोपको रूप लिएरहेको बेला त्यहाँको मन्त्रिपरिषद् बैठकले सांसदको तलब घटाउने निर्णय गरेको हो ।
भारतीय सूचना प्रसारणमन्त्री प्रकाश जावडेकरले सांसद तलब कटौती गर्ने प्रस्ताव मन्त्रिपरिषद्ले पारित गरेको जनाएका छन् । उनका अनुसार, यो निर्णय अप्रिल १ देखि लागू हुनेछ ।
उक्त प्रस्ताव पारित भएसँगै सांसदको १२ महिनाको तलब ३० प्रतिशत र भत्ता कटौती हुनेछ । त्यसरी कटौटी गरिएको रकम कोरोना भाइरसविरुद्धको लडाइँमा खर्चिने बीबीसी समाचारमा उल्लेख छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 193