Aamsanchar

आइसोलेसन वार्डमा युवती बलात्कृत

Author Image
शनिवार, चैत २९, २०७६

काठमाडौँ। भारतमा कोरोना संक्रमित भनि राखिएको २५ वर्षीय युवतीको कोरोना भाइरसका आइसोलेसन वार्डमा बलात्कार भएको छ । उनी गर्भवती थिइन्, उनको शरीरबाट अत्याधिक रगत बगेको कारण भारतको गया जील्लाको अनुराग नारायण महत अस्पतालमा गर्भपतन गराउन गएकी क्रममा उनमा कोरोनाको संक्रमण देखिएको बताइएको थियो ।

कोरोना संक्रमण देखापर्दा युवतीलाई आइसोलेसन वार्डमा राखिएको थियो । अस्पतालमा उनलाई केही दिन राखिएको र केही परिक्षण पश्चात युवतीमा कोरोनाको संक्रमण नभएको भन्दै उनलाई डिस्चार्ज गरिएको थियो ।तर, डिस्चार्ज भएतापनि उनको रगत बग्ने क्रम भने जारी नै रह्यो र उनको अत्याधिक रगत बगेको कारण ६ अप्रिलमा  मूत्यु भयो ।

मृत्युको अन्तिम क्षणमा उनले आफूमाथि चिकित्सकले बलात्कार गरेका भन्दै आरोप लगाइन् । उनको बयानलाई मध्येनजर राखि गया प्रहरीले अनुसन्धान गर्न थाल्यो । अनुसन्धानको क्रममा प्रहरीले अस्पतालको सीसीटिभी फूटेज नियन्त्रणमा लियो । उक्त फूटेजमा दुई जना मानिस चिकित्सकको पोशााक लगाई युवती रहेको आइसोलेसन वार्डमा पसेर युवतीको बलात्कार गरेको देखापरेको जनाइएको छ । ती दुवै आरोपीलाई प्रहरीले हिरासतमा लिएको छ । अनुसन्धानको क्रम भने जारी रहेको जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर