Aamsanchar

यूरिक एसिड बढ्ने कारण र कम गर्ने उपाय

Author Image
आइतवार, भदौ २६, २०७३

प्रा डा अर्जुनदेव भट्ट377866473img_what_are_the_symptoms_of_uric_acid_171_orig

यूरिक एसिड रगतमा पाईने एउटा महत्वपूर्ण पदार्थ हो । तर जुनसुकै कारणले भए पनि युरिक एसिडको स्तर सामान्य अवस्थाको भन्दा उच्च भएका खण्डमा यो पदार्थले शरीरमा बिभिन्न खालको समस्या उत्पन्न गर्न सक्दछ । त्यसैले हाम्रो शरीरको निम्ति युरिक एसिडको स्तर कतिसम्म खतरनाक हुँदैन र कति बढी भएको अवस्थामा हामीले युरिक एसिडको स्तरलाई नबढ्ने गरिकन नियन्त्रण गर्नु अनिवार्य हुन्छ भन्ने जान्नु आवश्यक छ । युरिक एसिडको कुन स्तर उच्च भनेर लिनु पर्दछ ?

पुरुष र महिलामा युरिक एसिडको सामान्य स्तर भिन्न हुन्छ । ३ सय ६० माईक्रो मोल प्रतिलिटर वा ६ मिलिग्राम प्रतिमिलिलिटर सम्मको स्तर युरिक एसिडको भए महिलामा सामान्य मानिन्छ र तर यो भन्दा बढी भए त्यसबाट स्वास्थ्यमा नराम्रो असर पर्न सक्ने हुन्छ । पुरुषमा भने यो स्तर ४ सय माईक्रोमोल वा ६ दशमलव ८ मिलिग्रामसम्म पनि सामान्य नै मानिन्छ । उल्लेखित स्तर भन्दा बढी मात्रामा रगतमा युरिक एसिड पाईएमा त्यस्तो अवस्थालाई ध्यानपूर्वक अध्ययन गरेर उक्त पदार्थको स्तर सामान्य राख्न के गर्नुपर्ला त्यस बारे चनाखो भएर चिकित्सकको सल्लाह बमोजिम गर्नु पर्दछ ।

युरिक एसिड बढ्ने कारण

थुप्रै कारणले शरीरमा युरिक एसिडको स्तर बढ्ने गर्न सक्छ । त्यस मध्ये वंशानुगत कारण देखि उच्च रक्तचाप, मोटोपन, अनियन्त्रित खानपान, रक्सीको सेवन, पिसाब बढी लगाउने औषधिको प्रयोग जस्ता थुप्रै कारणले असर पर्न सक्दछ । मदिराको सेवन प्राय धेरैले गर्ने र ती व्यक्तिहरुमा उच्च रक्तचाप, मोटोपन, पिसाब गराउने औषधिको सेवन गर्नु पर्ने बाध्यता जस्ता विभिन्न समस्या एकैपल्ट देखा पर्नसक्ने भएकोले त्यस्ता व्यक्तिहरुले उच्च सतर्कता नअपनाएका खण्डमा युरिक एसिडको स्तर बढेर त्यसबाट हुनसक्ने स्वास्थ्यका लागि सबै नकारात्मक प्रभाव ब्यहोर्नु पर्ने अनिवार्य हुन्छ ।

विभिन्न अध्ययनले शरीरमा यूरिक एसिडको मात्रा बढी हुनुका कारण फरक–फरक देखाएका छन् । पहिलो हो युरिक एसिड सामान्य भन्दा बढी शरीरमा उत्पादन हुनु । दोस्रो, मृगौलाबाट पिसाब भएर शरीरबाट निस्कनु पर्ने मात्रामा कमी हुनु र फलस्वरुप रगतमा युरिक एसिडको स्तर उच्च हुनु । तेस्रो, मिश्रित कारण भनेको भोजनमा युरिक एसिड बन्ने कुरोको औधी सेवन गर्नु, रक्सीको सेवन धेरै गर्नु, लामो समयसम्म भोको बस्नु हो । यो अवस्थामा एकैपल्ट दुईवटा कुराले युरिक एसिडको स्तर रगतमा उच्च पार्न ठूलो सहयोग पु¥याउछ । त्यो हो युरिक एसिडको शरीरमा उत्पादन प्रचुर मात्रामा पनि हुनु र साथै मृगौलाले सामान्य अवस्थामा पिसाव भएर निष्कासन गर्नु पर्ने युरिक एसिडको पनि मात्रामा ह्रास आउनु । फलस्वरुप रगतमा युरिक एसिडको स्तर बढ्ने गर्दछ । भोको अवस्थामा मृगौलाबाट  ‘किटोन’ भन्ने पदार्थ निष्कासन हुन थाले त्यसले युरिक एसिडको निष्कासनमा ज्यादै बाधा पु¥याएर रगतमा युरिक एसिडको स्तर उच्च गर्दछ । रक्सी, खास गरेर बियरले, शरीरमा पानीको अभाव गरेर युरिक एसिडको मात्रा बढाउँछ ।

युरिक एसिड कम गर्ने तरिका

युरिक एसिड रगतमा सँधै हुने पदार्थ भए पनि त्यसको स्तर बढ्न नदिन विभिन्न उपाय अपनाउनु पर्ने हुन्छ । युरिक एसिडको स्तर ज्यादै रहेमा जोर्नी दुख्नेदेखि लिएर मृगौलाको कार्यक्षमतामा ह्रास आएर ज्यान जोखिममा पर्न सक्छ । त्यसैले युरिक एसिडको रक्तस्तर न्यून राख्ने प्रयत्न अपनाउनु पर्ने हुन्छ । त्यसो भएका खण्डमा युरिक एसिड छालामा केन्द्रीत भएर रहने, जोर्नी तथा अरु तन्तुहरुमा युरिक एसिडका मणिहरु थिग्रेर गर्ने खराबी र पीडा तथा मृगौलाका फिल्टरहरुलाई नष्ट गर्न सक्ने अवस्थाबाट शरीरलाई बचाउन सकिन्छ ।

युरिक एसिड उपचारको मुख्य उद्धेश्य रगतमा ६ मिलिग्राम भन्दा तल्लो स्तरमा युरिक एसिडलाई सन्तुलनमा राख्नु हो । त्यसो गर्नाले बिरामीको जोर्नी वा शरीरका विभिन्न भागमा युरिक एसिडका मणिहरु थिग्रिन पाउँदैनन् । पिसाबको अमिलोपना घटाएर पनि मृगौलाबाट बढी मात्रामा युरिक एसिड निष्कासन गर्न सकिन्छ । पिसाबलाई बढी पातलो पार्दै पनि शरीरबाट बढी युरिक एसिड निष्कासन गर्न सकिन्छ । त्यसको निम्ती झोल पदार्थ तथा पानी बढी पिउनु पर्दछ । युरिक एसिडको स्तर रगतमा उच्च हुनेले खानामा माछा–मासु एकदमै घटाउने, मदिरा पिउनबाट आफूलाई संयम गर्ने र शरीरको तौल आफ्नो उचाई मिल्दोजुल्दो मात्र राख्नुपर्छ । मोटोपन, रक्सीको सेवन र बढी माछा मासुको भोजनबाट टाढा रहनु युरिक एसिडले निम्ताउने समस्याबाट टाढा हुनु हो ।

Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर