Aamsanchar

लकडाउन र नयाँ बर्ष

Author Image
आइतवार, चैत ३०, २०७६

पिँजडा भित्र मानव अल्झिएको बेला, विश्व कोरोना कहरले बल्झिएको बेला ! 
कस्लाई पो छ होला यहाँ खुशी र हर्ष मानिस संग मानिस तर्सिएको बेला !!

नपठाउ साथी शुभकामना सन्देश म आफै मौनता संगै हराएको वेला !
आउलान बचे फेरि पनि नयाँ बर्ष नजिस्काउ कोरोना ले डराएको बेला !!


यस्तै नयाँ वर्षको दिन आफ्नो संस्कार संस्कृति अनुसार सांस्कृतिक भेषभुषा लगाएर हर्ष उल्लासका साथ नयाँ वर्ष मनाउने तथा वैशाख १ आगामी सोमबारबाट हामी बि. सं. २०७७ सालमा प्रबेश गर्दै छौ । यतेबेला हामी सबै नेपाली दाजु भाइ , दिदी बहिनीहरु कोरोना भाइरस कोभोड १९ विरुद्ध आ- आफ्नै घर घरमा लकडाउनमा बसिरहेका छौ । हामी लकडाउनमा बसेको २१ औ दिन हुदैछ । अझै केहि हप्ता हामी कोरोना विरुद्ध लकडाउनको मर्यादामा बस्नु जरुरी देखिएको छ ।

नयाँ वर्ष प्रचलनमा रहेको पात्रोको प्रथम दिन तथा वर्ष वा सालको आरम्भ लाई भनिन्छ । नेपाल लगायतका विक्रम सम्बत मान्ने स्थानहरूमा बैशाख १ गतेका दिन भने इस्वी सम्बत मान्ने स्थानहरूमा जनवरी १ तारीखका दिन नयाँ वर्ष मनाइन्छ । सो दिनमा प्रचलित परम्परा अनुसार बिभिन्न कार्यक्रमहरू आयोजन गरिन्छ । यस अवसरमा आपसमा सद्भावको आदान प्रदान गर्ने शुभकामना लिने दिने, साथीभाइ इष्टमित्र भेटघाट गर्ने, वनभोज कार्यक्रमको आयोजना गर्ने, मठ मन्दिरमा गई पूजाआजा गर्ने, मीठामीठा परिकार खाएर हर्षोल्लासका साथ मनाउने गरिन्छ । यस दिन सार्वजनिक बिदा पनि हुन्छ । विगतका नराम्रा क्रियाकलापलाई सच्याएर नयाँ जोश र जाँगरका साथ आफ्नो कर्मक्षेत्रमा लागेर आर्थिक सामाजिक र सांस्कृतिक विकास गर्ने प्रेरणा मिलोस् भनेर कामना गरिन्छ ।

सन् २०१९ को अन्तिम दिन अर्थात ३१ डिसेम्बरका दिन चीनको हुवे प्राप्तको वुहान शहरका केही व्यक्तिहरुमा नयाँ खालको कोरोना भाइरस देखा परेको रिपोर्ट सार्वजनिक गरिएको थियो ।त्यस्तै कोहि समयमै विभिन्न देशहरुमा पनि देखिएको छ।
पहिले पहिले नयाँ वर्ष आउनु महिना दिन पहिलेदेखि नै घुमफिरको योजना बन्थ्यो । अरुलाई सुनाउन र देखाउनकै लागि भए पनि घुम्ने ठाउँको बयान गर्न पाइन्थ्यो । तर यसपालि मान्छेलाई घरभित्र थुनेर कोरोना भाइरस संसार घुमिरहेको छ ।

अझै केही हप्ता उसैलाई मात्र बाहिर घुम्न दिनुपर्छ, आफू बाहिर घुम्न मिल्दैन । अरु काजकर्म त पछि गरौंला पनि भन्न मिल्थ्यो । तर नयाँ वर्ष त एक दुई महिनापघि मनाउँछु भन्न पनि मिलेन छ । अहिल्यै मनाउन पर्यो, अहिल्यै घुम्न पर्यो । तर बाहिर कोरोना छ, क्वारेण्टीनमा कसरी घुम्ने त ?
विश्वभरि महामारीको रुपमा फैलिएको नोबेल कोरोना भाइरस ९कोभिड–१९०ले नेपालमा पनि प्रभाव पारिरहेको अवस्थामा लकडाउनलाई पूर्ण रुपमा पालना गरी नयाँ बर्ष मनाउन नेपाल सरकारको अनुरोध पनि छ।

सरकारले आगामी २०७७ बैसाख ३ गते सम्मको लागि लकडाउन अवधि लम्वाएको छ साथै नयाँ बर्ष २०७७ सालको कोभिड १९ सरुवारोगको लडाई सफलहोस।
विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोईनका तस्विरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजोआज फेसबुक अनि ट्वीटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार देखि रेष्टुरेन्टका विविध परीकारहरु अथवा गाउँ, शहरतिर नयाँ वर्षमा आयोजन गरीने मेला होस् या शहर, विदेश अनि खाडीका मरुभूमीमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरुसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस्। तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मिठो मुस्कान बनेर शितलता प्रदान गरोस्, राजनीतले गालेको नेपालीमन राजनीतिक, सामाजिक अनि नवयूगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।

म पत्रकारको तर्फबाट हजुरहरु सम्पूर्णलाई विश्व महामारी कोरोनालाई पराजित गरी स्वस्थ, समृद्ध र सुरक्षित विश्व निर्माणमा तपाईं हामी सबैलाई सफलता मिलोस् । नयाँ बर्ष २०७७ सालको को हार्दिक मंगमय शुभकामना ब्यक्त गर्दछु । हजुरको स्वस्थता, सफलता र दीर्घ जीवन को कामना गर्दछु।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 19

प्रतिक्रिया (०)

सम्बन्धित खबर