Aamsanchar

हल्दिबारी गाँउपालिकाको अन्योल धारणा

Author Image
बुधवार, वैशाख ३, २०७७

ल्दिवारीमा आरडिटीको माध्यमबाट एकजनामा पोजेटिभ देखिएको बिषयमा गाँउपालिकाको धारणा सार्वजनिक भएको छ । सबै नतिजा नेगेटिभ र एउटा शंकाश्पद भनेर गाँउपालिकाका प्रवक्ता सागर पोर्तेलले बताएकाछन् । उनले सामाजिक सञ्जालमा नै एउटा शंकाश्पद देखिएको उल्लेख गरेकाछन् । स्पष्ट रुपमा पोजेटिभ नदेखिएको र नेगेटिभ पनि नभएको अवस्थामा यसलाई मधुरो पोजेटिभ अर्थात विक पोजेटिभ भन्न मिल्ने जनाईन्छ ।

कि त पोजेटिभ कि त नेगेटिभ किटले देखाउछ । यो बिषयमा जन स्वास्थ्य कार्यालयका अधिकृत तथा यस सम्बन्धि सूचना दिन बनाईएका फोकल पर्सन जीवन चौलागाईले भने आफुलाई जानकारी नभएको भन्दै जवाफ दिनबाट पन्छिए । मलाई ल्यावका साथीहरुले लेखेर नदिएसम्म भन्न सक्दिन र मलाई यस बिषयमा जानकारी छैन, उनले भने । राती ८ बजे फोन गर्दा पनि उनले अहिले पनि टेस्ट भइरहेको जवाफ दिएका थिए ।

तर गाँउपालिका प्रवक्ता सागर पोर्तेलले भने शंकाश्पद देखिएको भन्दै शर्तक रहन आग्रह गरेकाछन् । यो रिर्पोट नै कोरोना पोजेटिभ हो भन्न नमिल्ने भएकाले थप परिक्षणका लागि उनि सहित उनको परिवारको स्वाबको नमूना परीक्षणका लागि पठाईएको पनि उनको भनाई छ ।

एक महिना जति समयपछि भाइरस र ‘आइजिएम’ नेगेटिभ हुन सक्छ। तर, ‘आइजिजी’ धेरै समयसम्म रहिरहन सक्छ। हामीले परीक्षण गर्दा सुरुआतमा पिसिआर मात्रै पोजेटिभ आउन सक्छ। एन्टीबडीको लागि गरिने परीक्षण नेगेटिभ हुन्छ। हप्तारदस दिनपछि पिसिआर र एन्टीबडी दुवैको परीक्षण पोजेटिभ आउने हुनसक्छ। त्यस्तै, तीन हप्ता, चार हप्ता बितेपछि भाइरस शरीरबाट हराइसकेको समयमा पिसिआर नेगेटिभ आउने तर, एन्टीबडीको परीक्षण पोजेटिभ आउने हुनसक्छ। (डा रुना झा, प्रमुख, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु)

यस्तो छ हल्दिवारी गाँउपालिकाका प्रवक्ताको जानकारी

जानकारी सम्बन्धमा ।

हल्दीबारी गाउँपालिका अन्तर्गत क्वारेन्टाइन तथा सेल्फ क्वारेन्टाइनमा रहेकाहरु मध्ये आज ११ जनाको PCR परिक्षणका लागि स्वाबको नमुना संकलन गरिएको छ भने ४८ जनाको ञ्यापिड डाइग्नोष्टिक परिक्षण  (RDT)  गरिएको छ । संकलित स्वाबको नमुना, परिक्षणका लागि विराटनगर पठाइएको छ । साथै, ञ्यापिड डाइग्नोष्टटिक  (RDT) परिक्षणमा १ जनाको नतिजा शंकास्पद देखिए पश्चात निजको परिवारका सबै सदस्यहरुको समेत RDT  परिक्षण गरिएकोमा नतिजा negative  देखिएको र निजहरुको स्वाबको नमुना समेत संकलन गरिएको छ ।  PCR परिक्षणको रिपोर्ट प्राप्त भए पछि मात्र संक्रमण भएरनभएको आधिकारिक पुष्टि हुने जानकारी गराइन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)

सम्बन्धित खबर