Aamsanchar

घेराबन्दीमा परे ट्रम्प, कारण बन्यो डब्लुएचओको सहयोगमा माथी रोक

Author Image
शुक्रवार, वैशाख ५, २०७७

एजेन्सी : चीनको समर्थन गरेको भन्दै विश्‍व स्वास्थ्य संगठनलाई दिँदै आएको आर्थिक सहयोग रोकेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प घेराबन्दीमा परेका छन्। आफ्नो देशमा कोरोनाबाट करिब २८ हजार मानिसले ज्यान गुमाइसकेको अवस्थामा पनि कोरोनाको दोष चीनमाथि थोपरिरहेका ट्रम्पले डब्लुएचओले चीनको पक्ष लिएको भन्दै आर्थिक सहयोग रोक्ने घोषणा गरेका थिए। उनको यो घोषणाकै विरोधमा अमेरिकाकै कयौँ संस्था उत्रिएका छन्।

अमेरिकन मेडिकल एसोसिएशनले राष्ट्रपति ट्रम्पको त्यस निर्णयलाई खतरनाक भनेको छ। यस घोषणाले अमेरिकालाई नै अफ्ठ्यारोमा पार्ने चेतावनी एसोसियशनले दिएको छ। डब्लुएचओले पनि सहयोग रोकिएर आफ्नो काम नरोकिने जनाएको छ। अमेरिकन मेडिकल एसोसिएशनका अध्यक्ष डाक्टर प्याट्रिक ह्यारिसले डब्लुएचओको सहयोग रोक्ने निर्णयलाई खतरनाक भनेका छन्। ह्‍यारिसले सीएनएनसँग भने, यो यस शताब्दीकै सबैभन्दा ठूलो स्वास्थ्य संकट हो। ट्रम्पले डब्लुएचओको सहयोग रोकिदिएका छन्। यो गलत दिशामा उठाइएको खतरनाक कदम हो। यस भाइरसको कुनै सीमा छैन। विश्‍वले यदि एक भएर यसविरुद्ध उत्रिएन भने अवस्था भयानक हुनेछ। यसको असर हामी अमेरिकीले पनि भोग्नुपर्ने निश्‍चित छ।

ट्रम्पको कदमलाई ‘सनक’ को संज्ञा दिँदै बेलायतसहित कयौँ देशले पनि आपत्ति जनाएका छन्। संयुक्त राष्ट्र संघ पनि ट्रम्पको यस कदमको विपक्षमा उभिएको छ। माइक्रोसफ्ट कम्पनीका सह–संस्थापक तथा अध्यक्ष बिल गेट्सले कोरोनाको लगातार बढ्दो संक्रमणबीच अमेरिकाको तर्फबाट विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को फन्डिङ रोक्नने कदम खतरनाक भएको बताए। बिल गेट्सले बुधवार ट्वीट गर्दै भने, डब्ल्युचओको तर्फबाट गरिएका कयौँ प्रयासले कोरोना तीव्रगतिमा फैलिनबाट रोक्न मद्दत मिलेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 219

प्रतिक्रिया (०)

सम्बन्धित खबर