Aamsanchar

जर्मनीले पनि ‘जूम’ प्रयोगमा लगायो प्रतिबन्ध

Author Image
शनिवार, वैशाख ६, २०७७

काठमाडौं ।  जर्मनीले पनि भिडियो कन्फ्रेसिङ एप ‘जूम’ प्रयोगमा प्रतिबन्ध लगाएको छ ।

जर्मनीको परराष्ट्र मन्त्रालयले आफ्ना कर्मचारीलाई ‘जूम’ प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

कोरोनाभाइरसका कारण सामाजिक दूरी कायम गरिरहँदा पछिल्लो समय जूमको प्रयोग बढिरहँदा जर्मन सरकारले जूम प्रयोग नै नगर्न सूचित गरेको हो । सुरक्षासँग सम्बन्धि विषयलाई लिएर जूम विवादित बनिरहेको भन्दै उक्त एप प्रयोग नगर्न आग्रह गरिदै आएको छ ।

यसअघि अमेरिकाको माथिल्लो सदनले आफ्ना सदस्य र त्यहाँ कार्यरत कर्मचारीलाई जूम प्रयोग नगर्न आग्रह गरेको थियो । अमेरिकी सदनले जूम प्रयोगमा प्रतिबन्ध नै नलगाए पनि स्काइप लगायतका अन्य भिडियो कन्फ्रेन्सिङ एप प्रयोग गर्न आग्रह गरेको थियो ।

अहिलेसम्म ताइवान, अस्ट्रेलिया, स्पेस एक्स, न्युयोर्क स्टेट एरिया स्कूल तथा गुगलले जुमको प्रयोगमा प्रतिबन्ध लगाइसकेका छन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१