Aamsanchar

प्रदेश १ मा सबैभन्दा धेरै कोरोना संक्रमित

Author Image
मङ्गलवार, वैशाख ९, २०७७


बिराटनगर ।  प्रदेश १ उदयपुरका थप ८ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या ४० पुगेको छ भने प्रदेश १ को उदयपुरमा मात्र २२ जनामा कोरोना संक्रमण भएको पुष्टि भईसकेको छ दुई दिन अघि १४ जनामा कोरोना संक्रमण भएको पुष्टी भएको थियो भने पुन ८ जनामा संक्रमित भएको पुष्टी भएको छ ।

विराटनगरस्थित कोसी अस्पतालमा परीक्षण गर्दा कोरोना देखिए पश्चात उनिहरूलाइ पुनः परीक्षणका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो ।
वीपी प्रतिष्ठानमा पनि आठै जनामा कोरोना संक्रमण पोजेटिभ रहेको जनाइको छ ।

उदयपुरको त्रियुगा नगरपालिका स्थित मस्जिदमा ११ जना भारतीय र दुई नेपाली कोरोना संक्रमितको सम्पर्कमा रहेकाहरुलाई कोरोना संक्रमण भएको हो ।
हाल सम्म उदयपुरमा मात्रै कोरोना संक्रमितको संख्या २२ जना पुग्नुले देशका ७ वटै प्रदेशको तुलनामा प्रदेश १ धेरै संक्रमित हुने प्रदेशमा परेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 306

प्रतिक्रिया (०)