झापाको बाह्रदशी गाउँपालिका वडा नं.६ कुमाई गाउँ देखि पूर्व चारपाने जोडिने घाग्रा खोलामा ढलानको तयारीमा रहेको पुल । ६ मिटर छौडाई र ३७.५ मिटर लम्बाईको पक्की पुल निर्माणको लागि झापा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधीसभा सदस्य राजेन्द्र लिङदेनको सांसदकोषबाट ६० लाख, प्रदेश १ का सांसद पूर्णसिंह राजवंशीको तर्फबाट ३९ लाख ५० हजार र बाह्रदशी गाउँपालिको तर्फबाट ६० लाखको लमगतमा निर्माण सम्पनन गर्न लागिएको हो । त्यसैगरी पुलको रेलिङ, तारजाली र माटोको कामको लागि प्रदेश सरकारबाट एक करोड रकम विनियोजन भई कामको ठेक्का पनि लागिसकेको छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 361