Aamsanchar

रोकिएको पेट्रोलियम ट्याङकर नेपाल भित्रिन थाले

Author Image
शुक्रवार, वैशाख १२, २०७७

काठमाडौं – कोरोना भाइरस नियन्त्रणका लागि जारी रहेको लकडाउन बेला पेट्रोलियम पदार्थको आयात रोकिएको नेपालगञ्ज र धनगढीको गौरीफण्टा नाकाबाट आयात सुरु भएको छ ।

कोरोना भाइरसको त्रासका कारण विगत दुई हप्तादेखि आयात रोकिएको थियो ।

कोरोना भाइरसका कारण लोड लिन ट्याङ्कर चालकहरू भारत जान नमानेपछि आयात रोकिएको हो तर नेपाल आयल निगमले चालकलाई कोरोना भाइरसबाट बच्ने सुरक्षाको प्रत्याभूति गराएपछि आयात सुरु भएको छ ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले भने, “पेट्रोलियम पदार्थ अत्यावश्यक वस्तु भएकाले लामो समय ढुवानी रोकिनु राम्रो हुँदैन, सुरक्षा अपनाएर हामीले ढुवानी गर्नैपर्ने हुन्छ । त्यसकारण उहाँहरूलाई अनुरोध गरेर ढुवानी सुचारु गरेका हौँ । ”

मङ्गलबार धनगढीबाट ४५ वटा ट्याङ्कर ढुवानीका लागि गएको निगमले जनाएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 238

प्रतिक्रिया (०)

सम्बन्धित खबर