Aamsanchar

नियत हो की कमजोरी ? झापामा प्रति किलो ५० मा सम्झौता गरेर ४० पर्ने चामल पठाएको खुलासा

Author Image
मङ्गलवार, वैशाख १६, २०७७


हल्दिबारी । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) झापाले सम्झौताविपरीत हल्दिबारी गाउँपालिकालाई राहतको चामल पठाएको खुलेको छ । एनएमसीले रञ्जित मन्सुली नामको राम्रो चामल दिने भनी गाउँपालिकासँग लिखित सम्झौता गरेको थियो । तर, सम्झौताविपरीत एनएमसीले कम मूल्यको सोना मन्सुली चामल पठाएको छ । गाउँपालिका भने सम्झौता अनुसारकै चामल पाएको भन्दै ढुक्क परेको थियो । गाउँपालिकाले जब प्राप्त चामल राहतमा वितरण गर्यो, त्यसपछि यसबारे खुल्न आएको हा । गाउँपालिकाले बाँडेको चामल सोना मन्सुली भएको भन्दै समुदायबाटै चर्को आलोचना हुन थालेपछि मात्रै एनएमसीले चामलमा बदमासी गरेको जनप्रतिनिधि थाहाँ पाएका गाउँपालिकाका अध्यक्ष रवीन्द्र लिङ्देनले जानकारी दिए ।

रु ५० रुपैयाँप्रति केजी रञ्जित मन्सुली चामल किन्ने सम्झौता गरेका थियौ,’ गाउँपालिका अध्यक्ष लिङदेन भने, ‘तर एनएसमीले त्यसभन्दा कम मूल्यको चालम पठाएकाले प्रतिकेजी १० रुपैयाँ घटाएर मात्र भुक्तानी दिने निर्णय गरेका छौं।’ एनएसमीले गाउँपालिकालाई नै ढाँटेको उनले बताए । राहतमा बाँडिएको चामल राम्रो नभएको भन्दै उनले दुःख व्यक्त गरेका छन्। ’गाउँपालिकाले गत चैत २६ गते राहत सामग्री आपूर्तिका लागि मूल्यसूचीको सूचना प्रकाशन गरेको थियो ।

सूचनामा रञ्जित मन्सुली चामल १८ हजार २ सय १४ केजी, मुसुरो दाल ३ हजार ५ सय ३६ केजी, तोरीको तेल १ हजार ७ सय ६८ लिटर, आयोडिन नुन २ हजार ५६ केजी र १ सय २५ ग्रामको लाइफ ब्याय, डिटल वा सोसरहको साबुन २ हजार ५ सय ३६ थान उल्लेख गरिएको छ। सोही सूचनाबमोजिम बाह्रदशी गाउँपालिका ३ राजगढस्थित नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड शाखा कार्यालयले सिलबन्दी फारम गाउँपालिकामा पेस गरेका थियो ।

गाउँपालिकाले खोलेको सिलबन्दी टेन्डरमा सबैभन्दा न्यून मूल्यसूची एनएमसीले हालेको थियो । एनएमसीलाई चैत २६ गते खाद्यान्न सामग्री आपूर्तिको टेन्डर परेको थियो । एनएमसीका विनोद कडरियाले रञ्जित मन्सुली राम्रो चामल प्रतिकेजी ५० रुपैयाँमा दिने भनी गाउँपालिकासँग लिखित सम्झौता गरेका थिए । तर, एनएमसीले सम्झौताविपरीत चामल गाउँपालिकालाई पठाएपछि यसको चर्को आलोचना भइरहेको छ।

राहत पाएकी हल्दिबारीकी धनकुमारी राईले भनिन, ‘राहत दिँदा त राम्रो चामल दिनुर्पयो नि, ३५ रुपैयाँमा पाइने बर्खे धानको खुदी चामल दिँदा भात गिलो न गिलो, खानै सकिँदैन।’ गाउँपालिकाको गल्ती नभएको जानकारी पाएकोले सम्झौता गर्ने संस्थालाई कानुनी कारबाही गर्दै रकम रोक्का गर्नुपर्ने राहत पाएकाहरूको गुनासो छ ।

गाउँपालिकाले गर्यो रकम कटौती
एनएमसीले सम्झौताविपरीत चामल पठाएको भन्दै गाउँपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले सम्झौताअनुसार रकम नदिने निर्णय गरेको छ । वैशाख १० गतेको समितिको बैठकले सम्झौताअनुसार एनएमसीले चामल आपूर्ति नगरेको र विपदमा जनतालाई वितरण भइसकेपछि मात्र कार्यालयलाई जानकारी भन्दै उसलाई समितिमा उपस्थित गराई मौखिक सोधपुछ गरेको जनाएको छ । सम्झौताअनुसार एनएमसीले चामल उपलब्ध नभएको स्वीकारेको र कार्यालयमा रहेको मौज्दात प्याकेट जाँच गर्दासमेत सोही पाइएकोले सम्झौताविपरीत भएकाले चामलमा प्रतिकेजी १० रुपैयाँका दरले मूल्य घटाएर भुक्तानी गर्ने निर्णय भएको गाउँपालिकाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर