Aamsanchar

बलिउड अभिनेता इरफान खान आइसीयूमा भर्ना

Author Image
बुधवार, वैशाख १७, २०७७

बलिउड अभिनेता इरफान खानको स्वास्थ्य बिग्रिएका कारण उनलाई मुम्बईको कोकिलाबेन अस्पतालको आइसीयूमा भर्ना गरिएको छ ।

उनको स्वास्थ्य किन बिग्रियो र उनलाई कस्तो समस्या भएको छ, आइसीयूमा भर्ना किन गरिएको छ भन्ने कुराको हाल केही जानकारी छैन । अस्पताल स्रोतले पनि उनको स्वास्थ्य स्थिती बिग्रिएको र आइसीयूमा भर्ना भएको भन्ने मात्रै जानकारी दिए । यसबाहेक थप जानकारी दिन अस्विकार गरे ।

इराफनको परिवारमध्ये कसैले पनि आधिकारिक रुपमा थप जानकारी प्रदान गर्न अस्विकार गरेका छन् । इरफान खानका प्रवक्ताले एक बयान जारी गर्दै भने, ‘यो साँचो हो कि इरफान खान मुम्बईको कोकिलाबेन अस्पतालमा भर्ना छन् । उनलाई कोलन इन्फेक्सन भएको छ । हामी तपाईंहरु सबैलाई उनीबारे जानकारी दिइरहनेछौं । अहिले उनी डाक्टरको निगरानीमा छन् । उनको शक्ति र साहसले उनलाई हालसम्म यो रोगसँग लड्न सहयोग गरिरहेको छ । हामी पनि पूर्ण आश्वस्त छौं कि उनको अपार इच्छा शक्ति र सबै शुभचिन्तकको शुभेच्छाले उनी चाँडै नै ठिक हुनेछन् ।’

एक नजिकको स्रोतले आफ्नो नाम नबताउने शर्तमा उनको स्थिती धेरै नै बिग्रिएको तसर्थ आइसीयूमा राखिएको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 261

प्रतिक्रिया (०)

सम्बन्धित खबर