Aamsanchar

अभिनेता ऋषि कपुरको निधन

Author Image
बिहिवार, वैशाख १८, २०७७

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको ६७ वर्षको उमेरमा बिहीबार निधन भएको छ । क्यान्सरबाट पीडित ऋषि कपुर अस्वस्थ भएपछि बुधबार अस्पताल भर्ना गरिएको थियो ।

भाइ रणधीर कपुरका अनुसार ऋषिलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । फेब्रुअरी महिनामा पनि स्वास्थ्य बिग्रिएपछि उनलाई दुई पटकसम्म अस्पताल भर्ना गर्नु परेको थियो ।

ऋषि कपुरले  ‘मेरा नाम जोकर’मा बाल कलाकारको रुपमा काम गरेका थिए । त्यसबेलादेखि उनी अहिलेसम्म बलिउडमा चलायमान बन्दै आएका थिए ।  उनको पहिलो फिल्म ‘बाबी’ थियो, जसले उनलाई बेस्ट एक्टरको अवार्ड पनि दिलायो ।

ऋषि कपुरको विवाह अभिनेत्री नीतू सिंहसँग भयो । उनीहरुको कोखबाट जन्मिएका रणवीर कपुर अहिले बलिउडका चल्तापूर्जा अभिनेतामा गनिन्छन् । ऋषि कपुरकी एक छोरी छिन्, रिद्धिमा कपुर ।

ऋषिले आफ्नो करियरमा ‘खेल खेल मे’, ‘अमर अकबर एन्जोनी’ ‘हीना’ जस्ता फिल्म खेलेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 269

प्रतिक्रिया (०)

सम्बन्धित खबर