Aamsanchar

कतारमा रहेका नेपाली कामदारलाई संकट, वासस्थान छोड्न दबाव !

Author Image
बिहिवार, वैशाख १८, २०७७

कतारमा रहेका नेपाली कामदारलाई संकट, वासस्थान छोड्न दबाव १दोहा र कतारमा नेपाली कामदारलाई बसिरहेको स्थान छोड्न भन्दै रोजगारदाताले दवाव दिने गरेको जानकारी विभिन्न माध्यमबाट आएको जनाउदै कतारस्थित नेपाली दूतावासले ध्यानाकर्षण भएको जनाएको छ ।

कोरोनाबाट सिर्जित परिस्थितिमा कामदार र रोजगारदातार दुबैको दीर्घकालिन हितलाई लक्षित गरी कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मन्त्रालयले १५ अप्रिलमा जारी गरेको सम्झातौ नियमन सम्बन्धी प्राबधानहरुको अनौपचारिक अनुवाद १६ अप्रिलमा दूतावासको फेसबुकमा राखिसकेको बताउँदै रोजगारदाताले बसिरहेको स्थान छोड्न भनेको जानकारी आएको दूताबासले जनाएको छ ।

‘माथि उल्लेखित निर्देशनमा कामदार आफ्नो देशमा फर्किने प्रक्रिया पूरा नहुन्जेलसम्मका लागि खानेबस्ने सुविधा रोजगारदाताले उपलब्ध गराउनुपर्ने उल्लेख भएको हुँदा आफ्नो कानूनी हैसियत जे भएतापनि आफूलाई हालसम्म रोजगारदाताले उपलब्ध गराएको बासस्थानमा वा हाल बस्दै आउनुभएको बासस्थानमा सुरक्षितरुपमा बस्न र कुनैपनि हालतमा उक्त बासस्थान नछाड् दूतावासले अपिल गरेको छ ।

हालको बासस्थान छोड्न दवाब आएमा वा सोसँग सम्बन्धित कुनै समस्या परेमा कतारको प्रशासनिक विकास, श्रम तथा सामाजिक मामिला मन्त्रालयको हटलाइन नम्बर ४०२८०६६० मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ ।

कतारमा पछिल्लो २४ घण्टामा ३,०८५ जनामा जाँच गर्दा थप ८४५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण भेटिएको छ भने १२९ जना निको भएको स्वास्थ मन्त्रालयले जनाएको छ । यो संगै कतारमा भाइरस संक्रमितको संख्या १३,४०९ पुगेको छ ।

हालसम्म कतारमा १३७२ जना पूर्णरुपमा निको भएर घर फर्किएका छन् भने अहिलेसम्म १० जना सङ्क्रमितको मृत्यु भैसकेको कतारको स्वास्थ मन्त्रालयले जनाएको छ ।

यता नेपाली राजदुतावास कतारले भने खाने बस्ने व्यवस्था रोजदार दाताले जिम्मा दिनुपर्ने कानुनी प्रावधान भएकोले बसीरहेको ठाउँ नछोडन नेपाली कामदार हरुमा आग्रहण गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 124

प्रतिक्रिया (०)

सम्बन्धित खबर