Aamsanchar

१२ को नतिजा प्रकाशित

Author Image
सोमवार, भदौ २७, २०७३

 

spotlight-cover-june-2-2013-2झापा ।

कक्षा १२ को परीक्षाफल सोमबार प्रकाशित भएको छ । सोमबार सार्वजनिक भएको नतिजामा नियमिततर्फ ४८ दशमलव १७ प्रतिशत पास भएका छन् ।
त्यस्तै आंशिकतर्फ ३९ दशमलव ५९ प्रतिशत पास भएका छन् । नियमिततर्फ सहभागी एक लाख ७५ हजार पाँच सय ९३ जनामध्ये ८४ हजार सय ९३ जना पास भएका राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आंशिकतर्फ सहभागी भएका एक लाख २३ हजार एक सय ८१ जना सहभागी भएकोमा ४८ हजार सात सय ६३ जना पास भएका बोर्डका निमित्त परीक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिनुभयो ।
एक विषयसम्म फेल भएकाको मौका परीक्षा कात्तिक ६ गते हुने पनि उहाँले जानकारी दिनुभयो । नतिजा थाहा पाउन मोबाइलमा एचएसइबी टाइप गरेर ३५५६६ मा एसएमएस गर्न सकिनेछ । गत बैशाखमा सञ्चालित परीक्षामा नियमितमा ३८ र आंशिकमा ३६ जनाको परीक्षा रद्द गरिएको बोर्डले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 108

प्रतिक्रिया (०)

सम्बन्धित खबर