Aamsanchar

मेचीमा मेडिकल कलेज नभए आमरण अनशन बस्ने चेतावनी

Author Image
सोमवार, भदौ २७, २०७३

मापदण्ड बिनाका निजी अस्पताल, नर्सिङहोम, मेडिकल क्लिनिक तत्काल बन्द गर्नुपर्ने

b& chospital

काठमाडौँ ।

मेची अञ्चलमा मेडिकल कलेज हुुुनुपर्ने माग अघि सारिएको छ ।

मेची अञ्चलका नागरिकलाई सहज र सुलभ रुपमा विशेषज्ञ स्वास्थ्य सेवा र चिकित्साशास्त्र अध्ययन गर्नका लागि कम्तिमा एउटा मेडिकल कलेज स्थापना हुनुपर्दछ, स्वास्थ्य शिक्षा नागरिक सरोकार समाज, मेचीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो माँग गरिएको हो । मेची अञ्चलमा झन्डै २६ लाख मानिस बसोबासगर्दै आएका छन् ।

मेचीमा मेडिकल कलेजको सुविधा नहुँदा चिकित्साशास्त्र अध्ययन गर्नका लागि यहाँवाट वर्षेनी करोडाँै रकम भारतको बङ्गाल प्रान्तमा खर्च भइरहेको जनाउँदै समाजले छ बुँदे माग सार्वजनिक गरेको छ ।

health news 27

प्रत्येक अञ्चलमा कम्तीमा एउटा मेडिकल कलेज स्थापना हुनुपर्ने, यसका लागि मेची अञ्चलमा तत्काल मेडिकल कलेज सुरु गर्नुपर्ने, सरकारी मापदण्ड पूरा नगरेका जुनसूकै संस्थालाई कारबाही प्रक्रिया अगाडि बढाउनुपर्ने, कुनै पनि क्षेत्र विशेषको विकास र उन्नतिका लागि सोही क्षेत्रका जनताले निर्णय लिन पाउने अधिकारमा सरकारले अंकुश लगाउन नहुने, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलाई शिक्षण अस्पताल सम्बन्ध प्रदान गर्ने गरी अधिकार सम्पन्न मेडिकल विश्वविद्यालयको स्वीकृति प्रदान गर्नुपर्ने माग समाजले अघि सारेको छ ।

सो अवसरमा सामाजका उपाध्यक्ष चैतन्य प्रकाश मैनालीले सरकारले मापदण्ड पूरा नगरेको र कानुन विपरीत सञ्चालनमा रहेका निजी अस्पताल, नर्सिङहोम, मेडिकल क्लिनिक तत्काल बन्द गर्नुपर्ने बताउनुभयो ।

उहाँले उल्लेखित माग अविलम्ब पूरा नगरिए आमरण अनशनलगायत आन्दोलनका कार्यक्रम सुरु गर्ने चेतावनी पनि दिनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर