Aamsanchar

‘प्रचण्ड सम्बन्ध सुधार्न होइन, बिगार्न भारत भ्रमण जादैछन्’

Author Image
सोमवार, भदौ २७, २०७३

नेपालगन्जः

kamal thapa

राप्रपा नेपालका अध्यक्ष कमल थापाले एउटा प्रधानमन्त्रीले भ्रमण गरेको ६ महिना पनि नपुग्दै अर्को प्रधानमन्त्रीले भारत भ्रमण गर्नुको औचित्य र आवश्यकता नभएको बताए।

मिडिया नेपालले सोमबार नेपालगन्जमा आयोजना गरेको पत्रकार भेटघाटमा पूर्वउपप्रधान एवम् परराष्ट्रमन्त्री समेत रहेका अध्यक्ष थापाले,‘सरकारमा भएको ब्यक्ति फेरिन्छ, तर सरकार रहिरहन्छ।एउटा प्रधानमन्त्रीले गरेको भ्रमणको ६ महिना नपुग्दै त्यहि देशको भ्रमण गर्दा अव्यवहारिक हुने देखिन्छ, कुटनीतिक मर्यादाको खिलाफ हुन्छ।’

सम्बन्ध सुधारको एजेन्डा बनाएर भारत भ्रमणमा जानु हास्यासपद रहेको बताउँदै प्रचण्डले भने, ‘सम्बन्ध सुधारका लागि भारत भ्रमण भनेर प्रधानमन्त्री प्रचण्डले भन्न सुहाउँदैन। भारतसँग सम्बन्ध नै बिग्रेको छैन भने उहाँ के सुधारका लागि जाँदै हुनुहुन्छ त्यो बुझ्न सकिएन, उहाँ सम्बन्ध सुधार्न नभई बिगार्न जाँदै हुनुहुन्छ ।’

राजदुत भइसकेपछि सम्बन्धित राष्ट्रको राष्ट्र प्रमुखलाई ओहोदाको प्रमाणपत्र बुझाउनुपर्ने परम्पराजस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि भारत भ्रमण गरेर आफ्नो बैधता प्रमाणित गराउन खोजेको टिप्पणी गरे। उनले भने, भारतलाई खुसी पारेपछि मात्र सरकार टिक्ने मानसिकता दाहालमा विकसित भएको देखियो।’

भारतसँग नेपालको सम्बन्ध सुमधुर भएको बताउँदै उनले नयाँ संविधान जारी भएपछि दुई देशबीच केही तिक्तता देखिएपनि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण र दुई देशबीच भएका वार्तापछि उक्त तिक्कता मेटिएको बताए।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 157

प्रतिक्रिया (०)

सम्बन्धित खबर