Aamsanchar

परराष्ट्रमन्त्री महत चढेको विमान दुर्घटनाबाट जोगियो

Author Image
मङ्गलवार, भदौ २८, २०७३

काठमाडौँः

Nepal-Air-Lance-57d7b1362b91e3.35846157

परराष्ट्रमन्त्री प्रकाशशरण महत चढेको नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा ठूलो र्दुघनाबाट बचेको छ ।

भारत भ्रमणबाट नेपाल फर्किएका मन्त्री महत चढेको आर ए २०६ विमान अवतरणका क्रममा दुर्घटनामा परेकाे हो । विमानमा सवार परराष्ट्रमन्त्रीसहित अन्य यात्रु सकुसल छन् ।

परराष्ट्रमन्त्री चढेको विमान सामान्य दुर्घटनामा परेको विमानस्थलका सूचना अधिकारीलाई उद्धृत गर्दै परराष्ट्रमन्त्री महतका जनसम्पर्क तथा प्रेस संयोजक एकराज पाठकले अन्नपूर्णलाई जानकारी दिए ।

परराष्ट्रमन्त्री मन्त्री महतलाई स्वागत गर्न विमानस्थल पुगेका पाठकले भने, ‘विमान अवतरण गर्ने क्रममा  टायरको हावा खुस्किएपछि विमान दुर्घटनाबाट जोगिएको छ ।’

पाठकका अनुसार विमानमा सवार मन्त्री र यात्रुलाई विमान रोकिएपछि गाडिको सहयोगमा विमानस्थलसम्म ल्याइएको छ  ।अन्नपूर्णबाट

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर