Aamsanchar

देशको सिमना मिचिदा नदुख्ने हरु नेपाली होइन्न !

Author Image
मङ्गलवार, वैशाख ३०, २०७७
आफ्नो शुख मोज मस्तीको लागि मात्र सोच्ने काम पशुले मात्र गर्छ । राष्ट्र र राष्ट्रियता प्रती हाम्रो धेरै कर्तव्य छ । भारतले सिमना मिचि रहेको घटना पछी धेरै ले सिमाका बारेमा किन नबाेलेकाे भने ,सत्य यो हो कि बाेल्न गाराे भएकाे हैन , तर अबुझ छु , अज्ञानता छ याे विषयमा मलाइ ।
-हामीले कक्षा ८,९,१० मा सामाजिक अध्य्यनमा कुल ९ अंक प्राप्त गर्नेगरी हामी नेपालीलाई गलत नक्सा बनाउन घोटाएको किन ? र कसले ? यसको जिम्मेवारी कसले लिने ?
-किन ,उक्त भुभागका वासिन्दा नेपालको कहिल्यै जनगनणामा परेनन र नागरिकको दर्जा पाएनन ?
-भारतले पछील्लोपटक सार्वजनिक गरेको नक्सा विवाद पछी नेपालले तयार गरेको परिमार्जित् नक्सा किन सार्वजनिक गरिएन ?
-सिमा विवाद पछी हेलिकप्टर चडेर निरिक्षण गर्न गएका मन्त्रिज्युले त्यहा सडक बन्दै गरेको किन देख्नुभएन ?
-हाम्रो मुलुकको अनुसन्धान विभागले यस्तो गम्भिर कुराको किन गन्ध पनि पाएन ?
-एउटा छिमेकी भएर भारतको यो  शैली कहिले सम्म  ?
कसैले यसकाे उत्तर दिनुभए आभारी हुनेथिए ।
भारतले लिपुलेक  आफ्नै भुमी भएको र कोरोना नसकुन्जेल कुरै गर्दिन भनिसक्यो ।  हामी लकडाउनका कारणले घर भित्र छौ । सरकारले प्रयास गरिरहेको देखिन्छ । नागरिक स्तरबाट सहयोग पनि देखिन्छ तर माथिका ६ वटा प्रश्नका उत्तर चाँही हर नेपाली जनताले पाउनैपर्छ ।
सीमा विवाद समाधानका लागी गठित प्रबुद्ध समुहकाे रिपाेर्ट किन सार्वजनिक गरिएन ? त्यसैमाथि , २०१५ मा नै भारत-चीन विच सम्झौता भएको बिषयमा हामी भारत विरुद्द मात्रै खनिनु पनि उपयुक्त देख्दिन म चै । त्यसकारण , त्रि-पक्षिय कुटनैतीक सम्वाद बाट यो समाधान चाडै गरियोस ।  तेसैले एक सच्चा नेपाली भएर भारत लाई दबाब दिनै पर्छ कुनै भूगोल गुमाउनु हुदैन ।
आफ्नो मातृभुमी प्रती देशका नागरिकले पनि धेरै काम कर्तव्य गर्नु पर्ने समय आएको छ । २७ जिल्ला छुने गरी तीन तिर बाट घेरेको छिमेकी राष्ट्र ले कयौ साल देखि ६०,७० हजार हेक्टर जग्गा नेपाली भूमी अतिक्रमण गरेको कुरा सीमा बस्ने गरीव किसानहरु आफ्नो जमिन टुलुटुल बनेर हेर्न मात्र सकिरहेका छन ।    अवको हाम्रो मुख्य अभियान सीमामा तारबार गर्न तिर सोच्नु हो । सबै ले रकम संकलन गरेर कार्य थाल्नी गर्ने हो भन्ने निकास हुन्छ जस्तो लाग्छ । यो आफ्नो लागि मात्र होइन ,देश जनता र भोलि आउने पिडि सम्पुर्णको लागि एउटा राम्रो काम बन्न पुग्छ ।स्थानीय स्तर र नागरिक तह बाट नै सरकार र देश हाम्रो हो अनि देश बनाउने जिम्मा मेरो पनि हो भन्ने सोच हरेक सग प्राप्त भयो भने काम हुन केही बेर लाग्दैन ।
यदी सीमा क्षेत्रमा सधैका लागि तारबार गर्ने हो भने बार्षिक अरबौं रुपैया राजस्व पनि बढने छ । त्यो हाम्रै देश र हाम्रै फाइदा को लागि हुन्छ ।एक तिर दुई  सिकार ।देशको लागि योगदान गर्ने आफ्नो ज्यानको आहुती दिने पुर्खा हिजो पनि थिए, आज पनि छन र भोलि पनि हुन्छन। देशको हर क्षेत्रमा छिमेकीको दवाब प्रभाव र हस्तक्षेप देखिन्छ भन्ने सिमा क्षेत्रको कुरा गर्नु पर्दा त र्दुव्यवहारले सिमना नाघिसको। अब हर नेपाली बिना बर्दीको प्रहरी हुनु जरुरी छ । सिमा जोगाउन जुझारु हुनु जरुरी छ ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 291

प्रतिक्रिया (०)

सम्बन्धित खबर
लुटिएका सपनाहरू 
मङ्गलवार, असोज २९, २०८१