मौसम पूर्वानुमान महाशाखाले सोमबारको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाले हाल नेपालमा स्थानीय वायुको प्रभाव रहेको जनाएको छ ।
महाशाखाले दिएको जानकारी अनुसार अहिले नेपालमा विभिन्न स्थानमा मौसम सामान्यतया सफा छ भने पहाडी भागका केही स्थानहरुमा भने आंशिक बदली भइरहेको छ ।
सोमबार दिउँसो पहाडी भागहरुमा आंशिक बदली हुने र अरु बाँकी क्षेत्रमा मौसम सफा रहनेछ । भने अपरान्हपछि भने पहाडी भागमा एक वा दुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षा हुन सक्ने पूर्वानुमानमा उल्लेख छ ।
यसैगरी, राति देशको पहाडी भागहरुमा आंशिक बदली र बाँकी भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।
त्यस्तै, पहाडी भूभागका एकरदुई स्थानमा मेघगर्जनसहित क्षणिक वर्षाको सम्भावना रहेको छ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 496