Aamsanchar

मोरङका २४ वर्षीय पुरुषमा कोभिड-१९ पुष्टि, प्रदेश १ मा संक्रमितको संख्या ४० पुग्यो

Author Image
सोमवार, जेठ ५, २०७७

विराटनगर । प्रदेश १ मा सोमबार थप एक जनामा कोभिड—१९ पुष्टि भएको छ ।

प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका २४ वर्षीय पुरुषमा कोभिड-१९ पुष्टि भएको हो ।

यो संगै प्रदेश १ मा कोभिड-१९ पुष्टि हुनेहरुको जम्मा संख्या ४० पुगेको छ । १७ जनानिको भएर घर फकिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको कोरोना सूचना डेस्कले जानकारी दिएको छ ।

प्रदेश १ मा ३ हजार एक सय ६१ जनाको पिसिआर विधिबाट परीक्षण भएको छ । आरडीटीबाट ९ हजार चार सय ७३ जनाको परीक्षण भएको छ । प्रदेश १ मा तीन ठाउँबाट पिसिआर परीक्षण भइरहेको छ । यस्तै देशभर संक्रमितको संख्या ३५७ पुगेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 246

प्रतिक्रिया (०)

सम्बन्धित खबर