Aamsanchar

धनकुटामा पनि थपिए पाँचजना, कोरोना संक्रमितको संख्या ६ पुग्यो

Author Image
मङ्गलवार, जेठ ६, २०७७


धनकुटा । प्रदेश १ को तराईका क्षेत्रहरमा कोरोना संक्रमितको संख्या बढदै गईरहेको अवस्थामा पहाडी जिल्ला धनकुटामा मंगलबार पुनः पाँच जना संक्रमित थपिएका छन् । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पाँच जनामा कोरोना भाइरस पोजिटिभ पाइएको हो ।

प्रतिष्ठान सुत्रका अनुसार थप चार संक्रमितमा एक महिला र चार पुरुष रहेका छन् । ३४ बर्षकी महिलासहित २८, २९, ३५ र ३७ बर्षीय पुरुषमा संक्रमण पाइएको हो । यस्को स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि भने हुन बाँकी छ ।

दुई दिन अघि धनकुटामा अस्पतालमा कार्यरत नर्सलाई संक्रमण पोजिटिभ पाइएपछि अस्पताल तथा उनीसंग सम्पर्कमा आएकाहरूको स्वाब संकलन गरि धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा परीक्षण गरिएको हो ।
धनकुटामा योसहित संक्रमितको संख्या ६ पुगेको छ ।

प्रदेश एकमा यस अघि संक्रमितको संख्या ५४ रहेको अवस्थामा पाँच संक्रमित थपिएपछि संक्रमित ५९ पुगेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 188

प्रतिक्रिया (०)

सम्बन्धित खबर