माया दुई अक्षरले वनेको शब्द हो । मा र या ले मिलेर बनेको एक शब्द हो ।प्रयोगको हिसाबले नेपाली भाषामा माया (अङ्ग्रेजी: Love) को सामान्य अर्थ कुनै जीव-प्राणि अथवा वस्तु प्रति मनै देखि चाहनाको अनुभव गर्नु अथवा महसुस गर्नु वा एक ब्यक्तिको अर्को ब्यक्ति वा वस्तु प्रतिको आकर्षण हो।
तर मायालाई ठेट रुपमा कसैले परिभाषित गर्न आज सम्म सकेको छैन् र सक्दैन पनि। संस्कृतमा माया शब्दको अर्थ भ्रम लाग्दछ ।पशुहरूले पनि माया अनुभव गर्ने बताइन्छ । दिमाग भित्र हुने रसायन प्रतिक्रिया संग मायाको सम्बन्ध हुन्स : त्यही रसायनले मायाको अनुभव उत्पन्न हुन्छ : फिनाइल-इथायल-अमाइन (phenylethylamine) भनिन्छ । मायाले संसार अटेको हुन्छ भन्ने बिश्वास राखिएको छ । नत यसलाई हेर्न सकिन्छ, न देख्न सकिन्छ, नत समात्न नै सकिन्छ केवल मात्र महसुस् गर्न सकिन्छ । जब मानिसहरु महसुस् गर्ने शव्द खोज्न थाल्छन् । तब एकान्तमा आफै हराउछन् । मायामा मान्छेहरु पागल हुने गर्छन् भने कोहि एक तर्फी मायामा बाचिरहेका हुन्छन् ।
जाने अमृत नजाने बीस हो माया! माया,आ–आफ्नो अनुभव अनुसार फरक फरक सुन्न सकिन्छ। कसैले आफुले गरेको अनुभवको आधारमा माया संसार हो भन्लान्, कसैले माया सबथोक हो भन्लान्, कसैले माया जीवन हो भन्लान् , त कसैले माया रोदन हो भन्लान् जे भनेपनी आज सम्म मायाले आधिकारिक रुपमा आफ्नो अर्थ प्राप्त गर्न सकेको छैन्।
तर अचेल माया एउटा पसलमा बेच्न राखिएको सामना वा बस्तु जस्तै भइसकेको उदाहरण हरु थुप्रै छन, जस्ले नि सजिलै प्राप्त गर्न सक्ने। जो सग पैसा उस्ले सजिलै किन्न सक्ने। त्यसैले सजिलै पाएको माया सजिलै तोडिने गरेको इतिहासहरु आँखा अगाडि नै थुप्रै छन्। अझ कतिले त माया लाई एक एक शब्दमा बिभाजन गरेर मा–मानसिक र या–यातना ‘मानसिक यातना’ भनेर गलत अर्थमा परिभाषित गरेको पनि पाइन्छ। तर ‘माया’ शब्द आफैँमा पबित्र र मुल्यवान छ। स्वार्थ राखेर माया गर्ने हरुले यो शब्द लाई गल्त सावित गर्दै छन।
कसैको स्वार्थ लुटी आफ्नो स्वार्थ पूरा गर्नु माया कदापि होइन । अनि मायाको नाम मा सामुहिक सम्बन्ध मा बसेर कसैलाइ धोका दिनु माया होइन । बर्तमान समय मा नारी जाती ले मायाको नाम मा लुगा पैसा र घुम्ने खाने कुरा देखि लोभलाचामा परेर धेरै हिंसा र हत्या भएको घटना हरु बारिरहेको छन । जुन येस्ता कार्यहरु ले माया शब्दको ठाडो अपमान गरिरहेको छ । अनि पुरुष जातिले माया को नाम मा शारीरिक स्वार्थ राखेर माया शब्दको धज्जी उदाएका छन।
मैले किशोर अवस्था काटिसकेको ले यो किशोरावस्थामा जतिले महसुस गरे त्यो प्रायः माया नभएर एउटा आकर्षण मात्रै हो, जसलाई हामी ‘माया’ नाम दिएर झुक्किरहेका हुन्छौं तर यो सत्य हो कि ‘आकर्षण’ मायाको पहिलो खुट्किला हो।तर प्रायः सम्बन्धहरु माया हुन नपाउँदै टुंगिने गरेको छ। जसलाई हामी आँफैबाट महसुस गर्न सक्छौं। हामिले माया गरेको भन्ने मान्छेको बारेमा हामी सम्बन्धमा हुँदा थप चर्चा गर्न पछि पर्दैनौं तर त्यही मान्छेसंग सम्बन्ध टुंगेको दिन हिजोको चर्चा गर्दै हिड्ने हामी नै उसलाई तथानाम गाली गर्न र कुरा काट्न आतुर रहन्छौँ।यहिबाट प्रष्ट हुन्छ हिजोको सम्बन्ध माया थियो या आकर्षण मात्रै थियो।
हामीले आफूले मन भित्रै देखि चाहेको मान्छे, माया गरेको महसुस गरेको मान्छे सधैं आफ्नो नयनको परिसरमा रहिरहोस् र आफ्नै बनाउँन सकूँ भन्ने अधिकांश माया गर्ने मान्छेको चाहाना हुन्छ। मायामा लगाब र झुकाब यी दुई कुराको महत्त्वपुर्ण भुमिका रहन्छ । दुई पक्षमा यी दुई कुरा बराबर छ भने सम्बन्धले माया नाम पाउन सक्छ र माया भएर सम्बन्ध सफल हुन सक्छ तर एक पक्ष मात्रै कम वा बढी भयो भने सम्बन्ध आकर्षणमा मात्रै सिमित रहन्छ। सम्बन्ध ‘माया’ हुन दुबै पक्षबाट लगाव र झुकाव बराबर हुन आवस्यक देखिन्छ । मजबुत भएर रहन घरलाई बलियो जग जति आवस्यक छ यस्तै सम्बन्ध मजबुत हुन पनि बिश्वास आवस्यक छ । मान्नुस कि, सम्बन्ध घर अनि बिश्वास जग । रोएर, गिरगिराएर र बाध्यतामा पारेर कायम भएको सम्बन्ध ‘माया’ हुनै सक्दैन।
मायामा नितान्त प्रेम हुन्छ अनि समर्पण हुन्छ । मायामा मात्रै खुसी हेरिन्छ त्यो पनि आफ्नो होइन्, आफुले माया गरेको मान्छेको। तर हामी माया जस्तो पबित्र नाम दिएर पाप गरिरहेका हुन्छौं। यतिसम्म कि मर्छु र मार्छु भन्ने धम्की दिएर सम्बन्ध कायम गर्न हामी पछि पर्दैनौं। हामिले यसरी कसैको भौतिक शरीर त प्राप्त गर्न सक्छौं तर यसरी मन कदापि प्राप्त गर्न सक्दैनौं।अनि मन बिनाको माया कसरी रु मायामा नकारात्मक स्वार्थ कत्ति नि हुँदैन। तर यसरी कायम गरेको सम्बन्धमा स्वार्थ देखिन्छ। आफू खुसी हुने स्वार्थ जहाँ हामिले चाहेको मान्छेको खुसिको पर्वाह नै छैन् । अनि कसरि भयो माया रु मायामा त आफ्नो मन दुखाएर अरुलाई खुसी बाँडिन्छ।
त्यसैले साँच्चै कसैलाई मन देखि नै माया गर्नुहुन्छ भने यो कुरामा ध्यान दिउँ कि, हामि आफू खुसी भइरहेको सम्बन्धमा उ खुसी छ कि नाइँ रु अनि म आफू सन्तुष्ट भइरहेको सम्बन्धमा उ सन्तुष्ट छ कि नाइँ रु छ भने सम्बन्ध बढाउनुस् यदि छैन भने उसको खुसीको लागि उसलाई नै त्याग्नुस्। अनि महसुस गर्नुस् पाउनुमा भन्दा गुमाउनुमा कति माया हुन्छ भनेर। र उसले पनि तपाईं सँग हुंदा, तपाईले आफ्नो खुसिको लागि उसलाई आफ्नो बनाउन खोज्दा भन्दा पनि उसको खुसिको लागि उसलाई गुमाउँदा महसुस गर्नेछ कि तपाईले कति माया गर्नु हुन्छ भनेर। यदि साँच्चै बुझ्ने नै हुन् भने उ फर्केर तँपाइलाई नै स्विकार्ने छ तर यदि नबुझ्ने रहेछ भने लगाव छोडेनुस् र जसको माया बुझ्ने दिल छैन उसको लागि दिल नदुखाउँदा समझदारी।