Aamsanchar

कोरोना प्रभावित मुलुकको सूचीमा भारत ७ औँ स्थानमा

Author Image
मङ्गलवार, जेठ २०, २०७७


काठमाडौं । भारतमा कोरोना भाइरसको संक्रमणबाट ५ हजार ६ सयभन्दा बढीको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा २०० जनाको मृत्यु भएसँगै भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ५ हजार ६ सय ८ पुगेको हो ।

एकै दिन ७ हजार ७६१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।एसियाली मुलुकमा सबैभन्दा बढी कोरोना भाइरसको संक्रमण देखिएको भारतमा कुल संक्रमितको संख्या २ लाख नजिक पुगेको छ । वर्ल्डोमिटर्सको मंगलबार बिहान साढे ५ बजेसम्मको तथ्यांकानुसार १ लाख ९८ हजार ३७० जनामा संक्रमण पुष्टि भएको छ ।

संक्रमितमध्ये ९५ हजार ७५४ जना संक्रमणमुक्त भएका छन् ।कोराना भाइरसको (कोभिड–१९) को संक्रमण फैलिने क्रम नरोकिएपछि भारतमा मार्च २४ देखिको लकडाउन पाँचौ चरण थप्दै जुन ३० सम्म पुर्‍याइएको छ । तर उक्त लकडाउन पनि जुन १ देखि क्रमिक रूपमा खुकुलो बनाउँदै लगिएको छ ।

यसैबीच कोरोना प्रभावित मुलुकहरूको सूचिमा भारत ७ औँ स्थानमा परेको छ ।कोरोना भाइरसको संक्रमणबाट सबैभन्दा बढी प्रभावित देशहरुको सूचीमा भारत सातौं स्थानमा पुगेको हो । भारतमा पछिल्लो समय कोरोना भाइरसको संक्रमण तीव्र रुपमा वृद्धि भइरहेको छ ।जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना रिसोर्स सेन्टरको तथ्यांकअनुसार भारतमा कोरोना संक्रमितको संख्या २ लाख पुग्न लागेको छ ।अमेरिका, ब्राजिल, रूस, स्पेन, बेलायत र इटालीपछि भारत संक्रमित धेरै हुने मुलुकको प्रमुख ७ देशमा परेका छन् । एजेन्सी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 85

प्रतिक्रिया (०)

सम्बन्धित खबर