Aamsanchar

उत्तर कोरियाले खुल्ला गर्यो प्राथमिक विद्यालय

Author Image
बिहिवार, जेठ २२, २०७७

उत्तर कोरियाको प्राथमिक विद्यालयमा पठनपाठन सुरु भएको छ । उत्तर कोरियामा शैक्षिक सत्र अप्रिलमा सुरु हुन्छ । तर कोरोनाका कारण यो रोकिएको थियो ।

छिमेकी मुलुक चीनमा कोरोना संक्रमण देखिएपछि उत्तर कोरियाले आफ्नो सीमा सील गरिदिएको थियो र बाहिरबाट आउनेहरुलाई रोक लगाइएको थियो । उत्तर कोरियाले संसारमा पहिलो लकडाउन लागू गरेको थियो ।

उत्तर कोरियामा कोही पनि संक्रमित पुष्टि भएको छैन । यद्यपि, विशेषज्ञले उत्तर कोरियाको यो दाबीमाथि विभिन्न प्रश्न उठाउने गर्छन् । विशेषज्ञले यदि उत्तर कोरियामा भाइरस फैलिए देशको कमजोर स्वास्थ्य सेवाले यसलाई सम्हाल्न नसक्ने बताउँदै आएका छन् ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)

सम्बन्धित खबर