Aamsanchar

झापामा दुर्घटनामा ३७७ को मृत्यु

Author Image
शुक्रवार, भदौ ३१, २०७३

[नरेन्द्र ढकाल]

बिर्तामोड ।

कसैले कल्पना सम्म गरेको छ ? झापामा सवारी दुर्घटनाबाट यति धेरैको मृत्यु भयो भनेर । तर वास्तविकता यस्तै रहेको छ । सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने झापामा ५ वर्षको अवधिमा सयौंले ज्यान गुमाउनु परेको कहाली लाग्दो तथ्याङ्क सार्वजानिक भएको छ । झापामा सवारी दुर्घटनामा परी पाँच वर्षको अवधिमा ३७७ जनाले अकालमा नै ज्यान गुमाएका छन् । त्यस्तै सोही अवधिको दुर्घटनामा एक हजार ८२२ जना घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।

पाँच वर्षको अवधिमा दुर्घटनाको संख्या घट्दो क्रममा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी प्रमुख ढुण्डीराज गिरीले जानकारी दिए । उनका अनुसार आर्थिक वर्ष आर्थिक वर्ष २०६८र ६९मा २१४ वटा दुर्घटना भएको र उक्त दुर्घटनामा ५६ पुरुष, १५ महिला र ५ बालबालिका गरी ७६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ४०१ जना घाइते भएका थिए । त्यस्तै आर्थिक वर्ष २०६९र७० मा २०० वटा दुर्घटनामा भएका थिए । सो दुर्घटनामा ८० जना पुरुष, ८ महिला र ६ बालबालिका गरी ९४ जनाको मृत्यु भएको र ४४५ जना घाइते भएको प्रहरीको तथ्याङकमा उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७०र७१ मा १९२ वटा दुर्घटना भएको र उक्त दुर्घटनामा ४५ पुरुष, १२ महिला र ५ बालबालिका गरी ६२ जनाको मृत्यु भएको छ । भने ४६६ जना घाइते भएका थिए । त्यस्तै झापामा नै आर्थिक वर्ष २०७१र७२ मा १४४ वटा दुर्घटना हुदाँ ५१ पुरुष, १२ महिला र ३ बालबालिका गरी ६६ जनाको मृत्यु भएको थियो । दुर्घटनामा २५३ जना घाइते भएका थिए । त्यस्तै गत आर्थिक वर्ष २०७२र ७३ मा १९८ वटा सवारी दुर्घटनामा ५८ पुरुष १३ महिला र ८ जना बालबालिका गरी ७९ जनाको मृत्यु भएको थियो भने उक्त दुर्घटनामा २५७ जना घाइते भएको ट्राफिक प्रहरी निरीक्षक गिरीले जानकारी दिए ।

कुनै सशस्त्र द्वन्द्वको समयमा पनि यति धेरै मानिसले ज्यान गुमाउनु परेको थिएन् तर दैनिक रुपमा भएका सवारी दुर्घटनामा धेरैले ज्यान गुमाउनु परिरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । पछिल्लो समय सवारी दुर्घटनाको संख्यामा कमी आए पनि मृत्युदर भने बढ्दै गएको भन्दै ट्राफिक प्रहरीले चिन्ता ब्यक्त गरेको छ । अधिकाशं दुर्घटनाहरुमा मोटरसाइकल पर्ने गरेको भन्दै ट्राफिक प्रहरी प्रमुख गिरीले सवारी चलाउदा होसियारी अप्नाउनुपर्नेमा जोड दिएका छन् । उनले सवारीको संख्या बढ्दा समेत सडकको अवस्था अझ खराबहुनु दुर्घटनाको एउटा कारक हो भने अस्वस्थ्य प्रतिस्पर्धाका कारणले पनि सवारी दुर्घटना बढीरहेको उनको भनाई छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 111

प्रतिक्रिया (०)

सम्बन्धित खबर
गोरखकाली पूजा, गोरख सन्देश ?
बुधवार, असोज ९, २०८१
आज अष्टमी श्राद्ध
बुधवार, असोज ९, २०८१