Aamsanchar

 चोरी बाटो रोज्दै कारोबारी

Author Image
शुक्रवार, भदौ ३१, २०७३

sadi

भद्रपुर ।

झापाको भद्रपुर स्थित छोटी भन्सार कार्यालयमा कडाई भएसगै कारोबारीहरु भन्सार छाडेर चोरी निकासी बाटो रोज्न थालेको पाइएको छ ।

छोटी भन्सारमा व्यापारी र भन्सार कर्मचारीको मिलोमतोमा भन्सार भित्रै अनियिमिता तथा भष्ट्रचार हुने गरेको समाचार निरन्तर रुपमा पूर्वाञ्चल दैनिकमा प्रकाशित भएपछि पछिल्लो समयमा भन्सार केही कडाई गरिएको हो । भन्सारले पोका बनाउने तथा परिणाममा कडाई गर्न साथ यहाँका कारोबारी इलामको पशुपतिनगर र झापाका दक्षिणी नाकालाई अवैध कारोबार स्थल बनाउन थालेको खुलेको छ ।

यसैक्रममा वुधवार साँझ प्रहरीले दुई लाख ५२ हजार मुल्य बरावरको चार पोका कपडा बरामद गरेको छ ।

इलामको पशुपतिनगर नाकाबाट झापा भित्राउदै गरेको कपडा प्रहरीले बरामद गरेसगै अन्य नाकामा तस्करी हुने गरेको पुष्टि भएको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयवाट खटिएको टोलीले इलामवाट झापा तर्फ आउदै गरेको काठमाडौ जाने रात्री यात्रु वाहक बस चेक जाँचको क्रममा झापाको दुवागढी ४ स्थित चारआलीबाट उक्त मूल्य बरावरको कपडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी हरिप्रसाद शर्माले बताए । प्रहरीले बरामद गरिएकोमा कपडामा कुर्ता सरुवाल, सुटिङ्ग, मखमली चोलो लगायतका बहुमुल्य कपडा रहेको डिएसपी शर्माले बताए । बरामद गरिएको चार पोका कपडालाई विहिवार मेची भन्सार कार्यालय काकरभिट्टा बुझाइएको प्रहरीले जनाएको छ । बरामद गरेको कपडा भद्रपुरका कारोबारीको काम गर्न पुशपतीनगरका चन्दन नाम गरेका कारोबारी रहेको बुझिएको छ । केहि दिनअघि पनि इलामबाट झापा ल्याउदै गरेको एक लाख तिस हजार मूल्य बरावरको लत्ताकपडा प्रहरीले बरामद गरेको थियो ।

भद्रपुरको कारोबारीले भारतको मिरिक हुदै इलामको पशुपतीनगर, छिरुवा, छब्बिसे नाकाबाट तस्करी गरी पशुपतीनगरको पेट्रोल पम्पको बाटो प्रयोग गरी झापा ल्याउने गरेको व्यापारी स्रोतले बताए । पछिल्लो समय छब्विसे नाका प्रयोग गरी कारोबारीले पिकअप भेन र रात्री यात्रु वाहक बस प्रयोग गरी तस्करी गर्दै आइरहेको बुझिएको छ । पुशपतीनगर भन्सारमा कारोवार गर्न दोहोरो भन्सार निती भएपनि ती नाकाहरुमा रहेका नेपाल तथा भारतका प्रहरी प्रशासनलाई खुशी पारेर सरसामान नेपाल भित्राउने गरेको स्थलगत अनुसन्धानबाट खुलेको छ ।

भद्रपुर भन्सारमा केहि कडाई भएपछी तस्करी गर्न पल्केका कारोबारी इलाम नभएर पृथ्वीनगर, पाठामारी, बनियानी, केचना, घेरावारी, राजगढ, कुमरखोद, गौरीगञ्ज नाका तर्फ पनि जाने थालेको छ ।

कारोबारीले केचना नाकासंग जोडिएको भारतको कादोगाउँ, पाठामारी र बनियानीसंग जोडिएको ठाकुरगञ्ज, पृथ्वीनगरको कुरलिकोट, घेराबारीको काधुभिटटा र कुमरखोद र राजगढको डिगलबैकमा नाकाहरुमा सामान ल्याएर भण्डार गरी राखेको व्यापारी स्रोतको दावी छ । सो नाकाहरुमा २ सय पोका भन्दा बढी लत्ताकपडा रहेको बुझिएको छ । यसैक्रममा मंगलबार राती पाठामारी र बनियानी नाकाबाट ४० पोका कपडा भन्सार छलि नेपाल भित्रीएको बनियानीका एक व्यापारीले बताए । सो सामान स्थानीय प्रहरीको सेटिङ्गमा भित्रीएको उनको भनाई छ । जिल्ला प्रहरी कार्यालयका एसपी शैलेस थापा क्षेत्री र सशस्त्र प्रहरी बल सिमा सुरक्षा कार्यालय झापाका एसपी आनन्द नेम्बाङ भर्खरै झापा आएकाले तस्करहरु सिमा क्षेत्रका प्रहरी इन्चार्जलाई सेटिङ्ग गरी कारोबार गर्न गरेको बुझिएको छ । यता प्रहरी कार्यालयका एसपी क्षेत्रीले भन्सार छलेर हुने अवैध कारोबार रोक्न सबै नाका क्षेत्रका इलाका, सिमा तथा चौकी इन्चार्जहरुलाई निर्देशन दिइसकेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर