चीनको राजधानी बेइजिङमा बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै कडा कदम उठाइरहेको छ ।
बेइजिङकाम थुप्रै जिल्लाका स्कूल बन्द गरिएको छ । विभिन्न स्थानमा सुरक्षा चौकी लगाइएको छ । मानिसहरुलाई कोरोना परीक्षण गर्नका लागि आह्वान गरिएको छ । यहाँ कोरोनाको दोस्रो लहरको आशंका गरिएको छ ।
खेल र मनोरञ्जनको केन्द्र बन्द गरिएको छ । सुपरमार्केट र कार्यालयमा मानिसहरुको तापक्रमको परीक्षण पुनः सुरु गरिएको छ । कोरोना संक्रमणको नयाँ लहर बेइजिङको सबैभन्दा ठूलो होलसेल मार्केटबाट सुरु भऐको हो ।
यो मार्केटका जनरल म्यानेजर र अन्य स्थानीय अधिकारीलाई बर्खास्त गरिएको छ ।
स्रोतः बीबीसी
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 302