झापा । झापाको भद्रपुरस्थित मेची अस्पतालको स्तरोन्नतिका लागि प्रदेश सरकारले बजेट छुट्याएको छ । यस बर्षको बजेटल हाल सम्मकै राम्रो भएकाले जिल्लावासीहरुले खुशी ब्यक्त गरेका छन् ।
प्रदेश —१ सरकारले मेची अस्पतालको सेवालाई अझै गुणस्तरीय बनाउन २३ करोड बजेट छुट्याएको हो । त्यस बजेटबाट अस्पतालमा उपकरण, जनशक्ति र पूर्वाधार विकासमा प्रदेश सरकारले सहयोग गर्ने भएको छ । प्रदेश सांसद बसन्त बानियाँले सरकारको उक्त कदमको स्वागत गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् — धन्यवाद सामाजिक विकास मन्त्रालय अनि प्रदेश सरकारलाई । धन्यवाद झापाली प्रदेश माननीयज्युहरु सबैप्रति । निरन्तरको प्रयत्न सफल भएको छ । प्रादेशिक अस्पताल घोषित भएसँगै भद्रपुरस्थित प्रादेशिक मेची अस्पतालको सेवाको गुणस्तर सुधार्न सिटि स्क्यान, हेमोडायलसिस सेवा र थप भेन्टिलेटरको ब्यवस्थापनका लागि रु २३ करोड बिनियोजन गरिदिएकोमा ।