Aamsanchar

कोरोनाका कारण ४३ हजारको मृत्यु भईसकेको देश बेलायतमा, गर्मी छल्न समुद्र तटमा उर्लिए बेलायती

Author Image
बिहिवार, असार ११, २०७७

बेलायतमा बुधबार गर्मीबाट राहत पाउनका लागि दक्षिणी समुद्र तटमा मानिसहरु उर्लिएका छन् ।

बुधबार बेलायतमा तापक्रम २८ डिग्री सेल्सियससम्म पुग्यो जसका कारण मानिसहरुको भीड समुद्र तटमा देखियो । यो बेलायतमा यस वर्षको सबैभन्दा गर्मी दिन मानिएको छ ।

बेलायतमा लकडाउन लगातार खुकुलो पारिँदैछ । पछिल्लो महिनादेखि मानिसहरुलाई एउटाबाट अर्को स्थानमा जाने अनुमति दिइएको छ ।  यद्यपि, बुधबार बेलायतमा कोरोना भाइरसले १५४ व्यक्ति पनि मृत्यु भएको छ । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४३ हजार ८१ पुगिसकेको छ ।

स्रोतः बीबीसी

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)

सम्बन्धित खबर