Aamsanchar

सहाराको गौरव कार्यक्रमवाट ९९ जना एकल महिला लावान्भीत

Author Image
शनिवार, असोज १, २०७३

binod

सामुहिक तस्वीरमा एकल महिला, सहारा साकोस संचालक समिति पदाधिकारीहरु र कर्मचारीहरु ।

विनोद पाण्डे

चारपाने,असोज १ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्ना ६ वटा सेवाकेन्द्रमा आवद्ध ९९ जना एकल महिला सदस्य हरुलाई भत्ता उपलव्ध गराएको छ ।
चारपाने स्थित टायकस्क्वायर पार्टी प्यलेसमा आयोजित सहारा हाम्रो गौरव कार्यक्रम अन्तरगत एकल महिलाहरुलाई भत्ता उपलव्ध गराएको हो ।
चारपाने सेवाकेन्द्रका ५१, सुरुंगा सेवाकेन्द्रका १३, लक्ष्मीपुर सेवाकेन्द्रका ११, विर्तामोड सेवाकेन्द्र ७, दुधे सेवाकेन्द्रका १६ र शनिश्चरे सेवाकेन्द्रवाट १ जना गरी ९९ जनालाई नगत ५ हजारका दरले एकल महिला भत्ता प्रदान गरेको थियो ।

सहारा नेपाल साकोसका अध्यक्ष ताराप्रसाद सन्जेलको अध्यक्षता र एकल महिला पुर्णिमा गिरीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा साकोस उपाध्यक्ष हरिप्रसाद निरौला, कोषाध्यक्ष उपेन्द्र ओली, ऋण संयोजक एकराज गिरी, सदस्यहरु हेमराज गिरी,पवित्रा सुब्वा, अर्जुन चुडाल, सोमनाथ तिम्सिना, शान्तादेवी पौडेल, रामा भट्टराई, ज्ञानुनाथ मैनाली, युवराज निरौला, यशोदा प्रर्साई, लेखा समिति संयोजक श्याम दाहाल, ऋण समिति सदस्य भीम गिरी लगायतको आतिथ्य रहेको थियो ।
साकोसका सहायक निर्देशक लक्ष्मण खतिवडाले साकोसको हाल सम्मको गतिविधी बारे जानकारी गराएका थिए भने स्वागत मन्तव्य हरिप्रसाद निरौला र कार्यक्रमको संचालन उमेश भारतीले गरेका थिए । कार्यक्रममा सहभागी एकल महिलाहरुको तर्फवाट हुमा खतिवडा र तारा पराजुलीले मन्तव्य रोखेका थिए ।
 समाजिक उत्तरदाहित्वमा पर्ने विभिन्न काम गर्नुका साथै शेयर सदस्यहरुलाई विभिद सेवा सुविधा उपलव्ध गराउने कामलाई प्रार्थामिकतामा राखेर अघि बढेको सहारा साकोस  एक सक्षम सहकारीको रुपमा पूर्वमा चिरपरिचत छ । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर