सुनसरीः
सुनसरीको सप्तकोशी नदीमा डुंगा पल्टिएको छ। श्रीलंका टापुबाट प्रकाशपुर –५ राजावासा आउँदै गरेको डुंगा कोशी नदीमा पल्टिएको हो।
डुंगामा सवार यात्रुको संख्या खुल्न नसकेपनि ३६ जनाको सकुशल उद्धार गरिएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी पोषराज पौडेलले डुंगामा कति मानिस सवार थिए भन्ने यकिन तथ्यांक नभएपनि अहिलेसम्म ३६ जनाको सकुशल उद्धार गरेको बताए ।
अहिले पनि उद्धार जारी राखेको प्रहरीले सप्तकोशीमा बाढी आएकाले उद्धारमा समस्या भएको जनाएको छ ।प्रकाशपुरमा साप्ताहिक रुपमा लाग्ने हाट भर्नका लागि धेरै सर्वसाधारण एउटै डुंगामा सवार थिए ।
स्थानीयबासी, प्रहरी, सशस्त्र प्रहरी तथा नेपाली सेनाको टोलीले अहिले उद्धारको कार्य जारी राखेका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 93