बिर्तामोड । खाडी मुलुक साउदी अरब र छिमेकीराष्ट्र भारतबाट फर्किएका झापाका ६ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको छ ।
भारतबाट फर्किएर मेचीनगरको क्वारेन्टिनमा बसेका ५ जना र साउदी अरबबाट फर्किएर बिर्तामोडको क्वारेन्टिनमा बसेका १ जनामा संक्रमण देखिएको हो ।
मेचीनगरका ५ मध्ये एक जना महिला र पाँच जना पुरुष हुन् । बिर्तामोडका संक्रमित पनि पुरुष भएको जनस्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईले जानकारी दिए ।
यो सँगै झापामा संक्रमतको संख्या २ सय ९६ पुगेको छ । आज मात्र झापाका १३ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
+1
+1
+1
+1
+1
+1
Views: 204