एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन र उनका छोरा अभिषेक बच्चनमा कोरोना संक्रमित भएका छन ।
यस पछि उनलाई मुम्बईको नानावटी अस्पतालमा भर्ना गरिएको छ । ७७ वर्षीय अमिताभ बच्चन आफैले यस बारे जानकारी दिएका छन्। अमिताभ बच्चनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘मलाई कोरोना सकारात्मक भेटिएको छ ।’ ‘अस्पतालले अधिकारीहरूलाई सूचित गरिसकेका छ । परिवार र अन्य स्टाफको जाँच भैरहेको छ । रिर्पोट आउन भने बाकी छ । गत १० दिनमा मँ सबैलाई अनुरोध गर्दछु जो तपाईको नजीक आएको छ तपाईको टेस्ट सम्पन्न गर्नका लागि ।’
अभिषेक बच्चनले पनि ट्वीट गर्दै आफूपनि कोरोना संक्रमित भएको बताएका छन। बच्चनले आफ्नो ट्वीटमा लेखेका छन्, ‘म र मेरो बुबा आज कोरोना पोजिटिभ भएका छौं । हामीलाई अस्पतालमा भर्ना गरिएको छ । हाम्रो परिवार र बाँकी स्टाफको जाँच भैरहेको छ । म सबैलाई धैर्यतापूर्वक रहन र नडराउन अनुरोध गर्दछु ।’
अस्पताल प्रशासनले भनेको छ, अहिले अमिताभ र अभिषेकको स्वास्थ्य सामान्य रहेको छ ।