Aamsanchar

झापामा लकडाउन उल्लंघन गर्ने ७०५ जना कार्वाहीमा

Author Image
सोमवार, असार २९, २०७७

चरपाने । लकडाउनलाई सरकारले खुकुलो पारेको छ । त्यसमा पनि केही आधारभूत मापदण्ड पुरा गरेरमात्र आफ्ना दैनिक गतिविधी गर्न भनिएको छ । जसमा अनिवार्य मास्क प्रयोग गर्नुपर्ने, भौतिकदुरी कायम गर्नुपर्ने, सेनिटाईजको प्रयोग र पटक पटक साबुनपानीले हात हुन सरकारले अनिवार्य गरेको छ ।

लकडाउन खुकुलो भए संगै कतिपय सर्वसाधारणले स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गर्न छोडेका छन । दैनिकजसो मास्क प्रयोग नगर्नेको संख्या बढन थालेपछी प्रहरीले सरकारको निर्देशन अनुसार मास्क प्रयोग नगर्नेहरुलाई कार्वाही गर्न सुरु गरेको छ ।

सोमबार झापाका विभिन्न स्थानबाट मास्क प्रयोग नगर्ने, भौतिकदुरीको ख्याल नराख्ने ७ सय ५ जना व्यक्ती कार्वाहीमा परेको जिल्ला प्रहरी कार्यालयले झापाले जानकारी दिएको छ ।  त्यसैगरी लकडाउन उल्लघङ्न गर्ने ८३ वटा सवारी चालक कार्वाहीमा गरेका छन् ।

जिल्ला प्रहरी झापा, दमक, धुलाबारी, अनारमनी, झिलझिले र काँकडभिट्टा ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले झापाको भद्रपुर लेखनाथ चोक, दमक ताराबारी, गणतन्त्र चोक दमक बजार, गौरादह डिपुचोक, कमल गाउँपालिका पाडाँजुगी र केरखा, मेचीनगर धुलाबारी, चारआली, बुद्धशान्ति बुधबारे लगायतका स्थानमा प्रहरी चेकिङका क्रममा कार्वाही गरिएको थियो । त्यसैगरी भद्रपुरको झापाचोक, बिर्तामोडको मुक्तिचोक, बिर्ताबजार, कनकाई सुरुंगा, लक्ष्मीपुर, अर्जुनधारा शनिस्चरे, शिवसताक्षीको झिलझिले र मेचीनगरको बजार क्षेत्रमा चेकिङ स्थलबाट मास्क प्रयोग नगर्नेहरु कार्वाहीमा परेका हुन् ।

कार्वाहीमा ४८३ पुरुष र २१९ जना महिला परेका थिए । केहीलाई सम्झाइ बुझाइँ छोडिएको बाकीलाई जरीवाना गराएर छोडिएको थियो । जरिवाना वापत ४२ हजार ५ सय राजस्व संकलन भएको  जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईरालाले जानकारी दिए  ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 405

प्रतिक्रिया (०)

सम्बन्धित खबर