Aamsanchar

हिन्दूराज्य घोषणा गर्न प्रधानन्यायाधीशलाई ज्ञापनपत्र

Author Image
आइतवार, असोज २, २०७३

hinduकाठमाडौँ  ।

राष्ट्रिय सरोकार मञ्च नेपाल परिवारले  प्रधानन्यायाधीश सुशीला कार्कीलाई नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य कायम गर्नुपर्ने माग राख्दै ज्ञापनपत्र बुझाएको छ ।

सर्वोच्च अदालतमा उहाँको कार्यकक्षमा पुगी मञ्चका अध्यक्ष अर्जुनसिंह विष्टले नेपाललाई वैदिक सनातन हिन्दूअधिराज्य घोषणा गर्नुपर्ने, पाँच विकास क्षेत्र यथावत् कायम गर्नुपर्ने लगायत माग राखी ज्ञापनपत्र बुझाउनुभएको हो ।

मञ्चले यसअघि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखलाई पनि ज्ञापनपत्र बुझाइसकेको जनाएको छ । माग कार्यान्वयन नभए आन्दोलनमा जाने चेतावनी मञ्चले दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 154

प्रतिक्रिया (०)

सम्बन्धित खबर