Aamsanchar

मौसमले रुप परिवर्तन गर्दै, मध्य तथा पूर्वमा भारी वर्षाको सम्भावना

Author Image
बुधवार, साउन ७, २०७७

काठमाडौँ – देशभरको मौसम बुधबार पनि सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा हल्कादेखि मध्य वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तर विगतका केही दिन भन्दा बुधबार मौसममा केही सुधार हुने संकेत देखिएको मौसमविदले बताएका छन् । मनसुनी न्यून चापीय रेखा देशको पश्चिम भूभाग भन्दा केही दक्षिणतिर सरेकाले पश्चिममा मौसम केही सुधार हुने मौसमविद समिर श्रेष्ठले जानकारी दिए । तर पूर्व र मध्यमा भने बदली र वर्षा पश्चिममा भन्दा बढी हुने छ ।

बुधबार दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, प्रदेश ५ र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने जनाइएको छ ।

यस्तै राति भने देशभर सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका थोरै स्थानमा भारी वर्षा हुने मौसमविदले बताएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 193

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आजको माैसम
सोमवार, मंसिर १०, २०८१
आजको माैसम
मङ्गलवार, मंसिर ४, २०८१
आजको माैसम
आइतवार, मंसिर २, २०८१