
बिर्तामोड । झापाको अर्जुनधारा–६ स्थित लक्ष्मी माध्यमिक विद्यालयको प्राङ्गणमा खुला महिला भलिबल प्रतियोगिता हुने भएको छ। अर्जुनधारा खेलकुद विकास समितिको आयोजनामा र लक्ष्मी माध्यमिक विद्यालयको सह–आयोजनामा मंसिर १७ देखि २१ गतेसम्म प्रतियोगिता सम्पन्न हुने आज […]
झापा जिल्ला कारागारमा सजाय भोगिरहेका एक भारतीय नागरिकको उपचारका क्रममा मृत्यु भएको छ। कारागार प्रशासनका अनुसार भारत पश्चिम बंगाल, दार्जिलिङका ६१ वर्षीय कैदी कर्णबहादुर लिम्बुलाई शुक्रबार बिहान अचानक उच्च रक्तचाप (प्रेसर) समस्या देखिएपछि अस्पताल लगिएको […]
कनकाई । अन्तर्राष्ट्रिय बाल अधिकार दिवसको रंगीन अवसरमा कनकाई नगरपालिका सुरुङ्गा नृत्यमय बन्यो। बालबालिकाले प्रस्तुत गरेका मनमोहक नृत्य, अभिभावकको उत्साह र शिक्षकहरूको प्रेरणाले ‘बाल अधिकार’ केवल शब्द नभई जीवन्त रूपमा अनुभूति गरियो। यही अवसरमा सम्पन्न […]
लन्डन – बेलायतमा रहेकी एक गैरआवासीय नेपाली छात्रा युथ काउन्सिलरमा चयन भएकी छन्। हाउन्स्लो बरो अन्तर्गत फेल्थामस्थित रिभर एकेडेमीमा अध्ययनरत १५ वर्षीया टिया आचार्य युथ काउन्सिलर पदका लागि छनोट भएकी हुन्। सो पदका लागि प्राप्त […]
काठमाडौं – पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल सडकखण्डस्थित नारायणी नदीको पुलमा आज र भोलि रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । नारायणगढ–बुटवल सडक आयोजनाले सूचनामार्फत चितवन र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) जोड्ने नारायणी पुलको गैँडाकोटतर्फको सडकमा कालोपत्र […]
काठमाडौं- नेकपा एमालेले आज नेशनल भोलियन्टर फोर्स अर्थात राष्ट्रिय स्वयंसेवक बल घोषणा गर्दैछ। बिहान ११ बजे बबरमहलस्थित कार्की ब्याङकेटमा हुने कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहेका छन्। कार्यक्रम शुरु हुनु अघि बबरमहल […]
हेटौंडा – सरकारले मकवानपुरको हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्र पर्ने महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको सडक सीमा केन्द्र रेखादेखि २५–२५ गजभित्र बनेका स्थायी तथा अस्थायी प्रकृतिका घरटहरा, संरचना हटाउन १५ दिने अल्टिमेटम दिएको छ । सडक डिभिजन […]
जनकपुरधाम – सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको दोस्रो दिन आज जनकपुरधाममा फूलबारी लिला मनाइँदै छ । फूलबारी लिलामा भगवान् राम र लक्ष्मणको स्वरुपमा सजिएकाहरुलाई पुष्पबाटिकामा घुमाउने चलन छ, जहाँ राम–जानकीको पहिलो भेट भएको किम्वदन्ती छ । […]
काठमाडौं – ब्राजिलको बेलेममा रहेको संयुक्त राष्ट्र संघको कोप ३० जलवायु शिखर सम्मेलनको मुख्य स्थलमा आगलागी हुँदा १३ जना घाइते भएका छन्। स्थानीय समय अनुसार दिउँसो २ बजे सम्मेलन हल भित्रको मण्डपमा आगलागी भएको थियो। […]