
काठमाडौँ, अर्थमन्त्री डा युवराज खतिवडाले नेपालले सन् २०३० भित्र दिगो विकासका लक्ष्य हासिल गर्न खाद्य सुरक्षालाई विशेष प्राथमिकतामा राखेको बताउनुभएको छ । इटालीको रोममा आयोजित संयुक्त राष्ट्र सङ्घीय विश्व खाद्य कार्यक्रमको कार्यकारी बोर्डलाई सम्बोधन गर्दै […]
जनकपुरधाम, उपप्रधानमन्त्री उपेन्द्र यादवले मुलुकमा सामाजिक लोकतान्त्रिकीकरणको अभियान सञ्चालन आवश्यक भएको धारणा राख्नुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आज यहाँ आयोजित ‘लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी र भूमिका’ विषयको अन्तरक्रियामा […]
काठमाडौँ, एशिया प्रशान्त शिखर सम्मेलनमा भाग लिने सिलसिलामा प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणामा नेपालको औपचारिक भ्रमणका लागि म्यान्माका स्टेट काउन्सिलर आङ सान सु की आजबिहान काठमाडौँ आइपुग्नुभएको छ । नेत्री सु कीलाई उपप्रधानमन्त्री एवं रक्षामन्त्री […]
सोलुखुम्बु, यहाँको महाकुलुङ गाउँपालिका–३ छेस्कामको वडा कार्यालय अधिकांश समय बन्द हुन्छ । वडाको आफ्नै भवन भए पनि महीनौँ महीना कार्यालय बन्द रहने गरेको स्थानीय नागरिकले गुनासो गरेका छन् । वडा कार्यालयमा दैनिक कर्मचारी नहुने भएपछि […]
काठमाडौँ, छिमेकी मुलुकसँगको खुला सिमाना भएका भएका कारण नागरिकताका विषयमा संवेदनशील भएर निर्णयमा पुग्न सुझाव दिइएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा नेपाल नागरिकता ऐन २०६३लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा […]
पोखरा, गण्डकी प्रदेश समन्वय परिषद्को बैठक विभिन्न २६ बुँदे निर्णय गर्दै सम्पन्न भएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा पोखरामा आयोजित बैठकले प्रदेश र स्थानीय सरकारका लागि आवश्यक कानून यथाशीघ्र तर्जुमा गर्न सङ्घीय सरकारसँग माग गरेको […]
नुवाकोट, नेपाली काङ्ग्रेसका जिल्ला सभापतिको दुई दिने भेला आजबाट ककनीमा शुरु भएको छ । प्रस्तावित विधान मस्यौदामाथि छलफल गर्न काङ्ग्रेसका जिल्ला सभापति नुवाकोटको ककनीमा भेला भएका हुन् । महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा रहेको विधान मस्यौदा […]
काठमाडौँ, परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले सरकारले चाँडै नै सबै जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने तयारी गरेको बताउनु भएको छ । प्रदेश नं ५ पत्रकार समाजले आज यहाँ आयोजना गरेको गुल्मीको हुङ्गाकी मिगौला पीडित १३ […]
काठमाडौँ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव कृष्णप्रसाद देवकोटाले नेपालको आर्थिक तथा भौतिक विकासमा चीनको महत्वपूर्ण सहयोग रहेको बताउनुभएको छ । राजधानीमा आयोजित ‘नेपाली पर्यटन व्यवसायीका लागि तेस्रो चिनीयाँ भाषा तालीम समापन’ कार्यक्रममा उहाँले […]