
तौलिहवा, शिवराज नगरपालिकाको चन्द्रौटामा प्रहरीले जङ्गली बँदेलसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धभूमि नगरपालिका–३ बस्ने शिवप्रसाद चौधरी र वडा नं ४ का सहदेव चौधरी रहेको आज इलाका प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ […]
काठमाडौँ, पर्याप्त सम्भावना भए पनि उत्पादन हुन नसक्दा चालु आर्थिक वर्षको पहिलो पाँच महीनामा ४२ लाख ८९ हजार ७३८ केजी तयारी मासु तथा माछा आयात भएको छ । भन्सार विभागले प्रस्तुत गरेको चालु आर्थिक वर्षको […]
ताप्लेजुङ, शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह […]
काठमाडौँ, महानगरीय प्रहरी परिसर काठमाडौँले दुर्लभ वन्यजन्तु सालकको खपटासहित एक जनालाई पक्राउ गरेको छ । परिसरको टोलीले काठमाडौँको स्वयम्भू क्षेत्रमा अवैधरुपमा दुर्लभ वन्यजन्तुको छाला तथा खपटा बिक्री वितरण हुने गरेको सूचनाका आधारमा थानकोटका ३१ वर्षीय […]
धादिङ, धादिङमा खानीजन्य र नदीजन्य पदार्थको अनियमित उत्खनन् र निकासीमा कडाइ गरिएको छ । अनियन्त्रित रुपमा सञ्चालित बालुवा, ढुङ्गा र गिट्टी खानीका कारण वातावरणमा प्रतिकूल प्रभाव परिरहेको भन्दै जिल्ला प्रशासन कार्यालय र जिल्ला अनुगमन समितिले […]
काठमाडौँ, पछिल्लो समय बालबालिका हराउने क्रम बढ्दो छ । बालाजुस्थित महानगरीय प्रहरी वृत्तमा गत साउनयता मात्र ५२ बालबालिका हराएको उजुरी परेको वृत्तको महिला तथा बालबालिका शाखाले जनाएको छ । पछिल्लो समय सामाजिक सञ्जाल र साथीसङ्गतले […]
रीता लामा / घोराही, बाघमारेकी–४ की २८ वर्षीया एक विवाहित महिला परपुरुषको मायाजालमा परिन् । उसलाई छोड्नै नसक्ने अवस्थामा पुगेपछि विदेशमा रहेका पति र आफूसँग भएका बालबच्चालाई छाडेर उनले उक्त व्यक्तिसँग पुनः विवाह पनि गरिन् […]
काठमाडौँ, नेपाल प्रेस युनियनको केन्द्रीय महाधिवेशनका लागि ५४ जिल्लाको अधिवेशन सम्पन्न भएको छ । मङ्सिर अन्तिम साता केन्द्रीय महाधिवेशन सम्पन्न गर्ने मिति तोके पनि निर्धारित समयमा महाधिवेशन हुन सकेको छैन । जिल्ला र प्रतिष्ठान गरी कुल […]
धादिङ, निर्माण सम्झौताको समय सकिएपछि ठेकेदार कम्पनीले सडक चौडा बनाउन दैनिक चार घण्टा सडक अवरुद्ध गर्ने सूचना प्रकाशित गरेको छ । धादिङबेँसी–आरुघाट सडकखण्डको गोलाभञ्ज्याङदेखि टारीबँेसीसम्मको सडक आजबाट दैनिक चार घण्टा बन्द गरिएको हो । धादिङबेँसी […]