Aamsanchar

खुदुनाबारी ७ र ८ कनकाई नै किन ?

Author Image
मङ्गलवार, असोज १८, २०७३

14470661_910065112432206_418935977494649321_nविष्णुप्रसाद खतिवडा(राहगीर)

हरेक वर्तमानको परिचय उसको विगतस“ग गा“सिएको हुन्छ । किनकि वर्तमान भनेको नै विगतको परिणाम हो । त्यतिबेला समग्र खुदुनाबारी एकपटक सोच्न बाध्य बनेको थियो, जतिबेला सुखानी सहिद पार्कलाई सकुनीनीति अवलेपन गरी शालबारीमा लगेर उभ्याइयो । तर त्यसको वास्तविकता के हो ? धेरैले सोच्नै सकेनन्, सोच्नेले बुझ्नै सकेनन् र कतिपय बुझ्नेले पनि बोल्न सकेनन् । बोल्न सक्नेले बुझ्न सकेनन् या बोल्न चाहेनन् त्यो उनीहरुलाई नै थाहा हुनुपर्छ ।
आफ्नो कुरा गर्नु पर्दा, मैले गम्भिरता पूर्वक सोचेकै रहेनछु ! तर जुनदिन सोचे“, भयानक सपना देख्दै गर्दा झल्यास्स विउ“झे जस्तै भयो । मुटु ढक्क फुलेर आयो, धडकन झन झन तीव्र हु“दै गयो, आ“खाहरु सचेत बने, कानहरु चनाखो भए अनि मन, मस्तिष्क र अन्तस आक्रोषित पनि भयो । भित्र कता कता खल्लो भयो । सोचें रमाइलो त सपनामा नै हुन्छ । अतः फेरि निदाएर त्यही सपना देख्ने अर्को सपना देखे“ । तर निन्द्रा नै नपरेपछि कस्को के नै पो लाग्छ र ?
सुखानी सहिद प्रतिष्ठानलाई पर्यटकीय क्षेत्रको रुपमा विकाश गर्ने बिभिन्न पार्टीका थुप्रै गन्यमान्य नेताहरुले आश्वासनहरु दि“दादि“दै अचानक शालबारीमा सहिद पार्क भन्ने समाचार सार्वजनिक भयो । बास्तवमा सुखानी सहिद पार्कको विकाश गर्ने बित्तिकै दुर्गापुर दानाबारी सडकको विकाश हुने भयो । जसको परिणाम स्वरुप शनिश्चरे बजार अति नै कमजोर हुने निश्चय देखियो । किनकि इलामको दानाबारी, चिसापानी, महमाई लगायत खुदुनाबारी गा.वि.स.का झण्डै ३५ प्रतिशत ग्राहकहरु र त्यति नै बराबरको बजार सामाग्री सिदा र सजिलो मार्ग दुर्गापुर भएर सोझै विर्तामोड या सुरुङ्गा जाने भए । त्यसैले विरिङ पारीका केही स्वार्थीहरु र खुदुनाबारीका थोरै वैमानहरुको मिलेमतोमा सुखानी सहिद प्रतिष्ठानको नामले पैसा पास गराएर शालबारीलाई हस्तान्तरण गरियो । तब दुईघुट्की नसालु पानीमा खुदुनाबारीलाई लट्याएर पारीका एक हातमा अ“टाउने अल्प स्वार्थीहरु ढुक्क भए । दुर्गापुर दानाबारी सडक बन्नु आफ्नो दुभाग्य सम्झिने शनिश्चरेका केही वेपारी चरित्रको सानो गुठ जहिले पनि दुर्गापुर दानाबारी सडक नबनोस् नै भन्ने चाहान्छ । यो उसको ठूलो सफलता थ्यो । जसले गर्दा इलाम त छ“दैछ, खुदुनाबारीका पनि झण्डै ९० प्रतिशत जनताले त्यसको पीडा विहोर्नु परेको छ । भोलि अर्जुनधाराले पनि विकल्प मजबुत बनाएर घाटाको सौदा नगर्ने निश्चित छ । जसले गर्दा दानाबारी, चिसापानी, महमाई र सम्पुर्ण खुदुनाबारी विकल्प रहित अवस्थामा बा“च्न बाध्य हुनेछ ।
विकल्प बलियो हु“दा त्यसको फाइदा हामी सबैलाई हुन्छ । सुखानी, टाङटिङ र विरिङ तर्न नसक्दा पग्ला र दहीझोडा तरेर हामी निस्किन सक्छौ । त्यसैले यसलाई दुईटा वडाको माग मात्र सम्झिने भुल कसैले गर्नु हु“दैन । किनकि इलाम, दानाबारी, महमाई, चिसापानी र पुरा खुदुनाबारीका जनताले यसको पुर्ण लाभ पाउनेछन् । त्यति मात्र हैन यसले चारआलीको इलाम जाने रोडको पनि हामीस“ग महत्वपुर्ण विकल्प हुन्छ । त्यसैले सम्पुर्ण खुदुनाबारी लगायत इलामले पनि यसमा सकारात्मक सोच राख्नु पर्छ भन्ने खुदुनाबारी ७ र ८ का जनताको बुझाई हो । अनि यो युवाहरुको आक्रोसको राजनीति पनि हैन । वास्तवमा भन्दा यो राजनीति नै हैन, उकुसमुकुस अवस्थाले सिर्जना गरेको चित्कार हो । यो त इलाम र खुदुनाबारी बासीको मात्र नभई तपाई हामी सबैको महत्वपुर्ण आवश्यकता हो । तर कस्तो दुर्भाग्य शनिश्चरेको त्यही सानो व्यपारी चरित्रको जथ्थाको इसारामा अद्यावदी खुदुनाबारीले अन्य वडाका तुलनामा सुखानी वारीका ७ र ८ वडाहरुलाई उपेक्षा गरिनै रहेको छ । दुईचार दिन पहिले भएको एउटा अन्तरकृया कार्यक्रममा क्षेत्र नम्बर चारका जनप्रतिनिधीले इमान्दार पुर्वक भन्नु पनि भयो कि– मैले यो दुर्गापुर दानाबारी सडकको पहल गर्दै गर्दा, शनिश्चरेका साथीहरुले त्यो बाटो बनाएर हामीलाई ओझेलमा पार्न खोज्नु भएको ? भने । सार्वजनिक कार्यक्रमा यसरी स्पष्टै भएको कुराले के संकेत गर्दैछ ? तपाई हामी सबैले सोच्नु पर्छ ।
टाङटिङ खोलाको अपुरो पुल हुनु र नहुनुको कुनै अर्थ छैन । टाङटिङको पुल बनिसक्दा नसक्दा जराजीर्ण अवस्थाको बिरिङको पुल भत्किसक्छ । अब जाने कता ? सारो–गारो, दुःख–विराम नहिडी हु“दैन । पूर्वपश्चिम राजमार्ग जोड्ने त्यसको एक मात्र विकल्प भनेको दुर्गापुर दानाबारी सडक नै हो । तर के गर्ने ! त्यसको पनि वैकल्पिक मार्गको रुपमा विकाश गर्न सम्बन्धित निकायले ध्यानै दि“दैन । यस क्षेत्रबाट जितेर गएका जन–प्रतिनिधीहरु पनि यसलाई गम्भिर विषय ठान्दैनन् । परिणामतः सयौं रोगी–विरामीहरु हस्पिटलसम्म पुग्ने मार्ग नपाएर भाग्यलाई दोश दि“दै जीवनदेखि हात धुन बाध्य छन् । अतः दुर्गापुर दानाबारी सडक विकाश गर्ने एक मात्र उपाय खुदुनाबारी ७ र ८ कनकाई न.पा.मा जानै पर्छ । अन्यथा यो पीडाको अन्त्य कहिले पनि हुने छैन । तर कनकाई न.पा.मा समावेश हुनसके दानाबारी, चिसापानी, महमाई लगायत सम्पूर्ण खुदुनाबारी बासीले चाडै नै यो पीडाबाट मुक्ति पाउनेछन् । त्यसैले अन्त्यमा सचेत नागरिक, राजनीतिक अगुवा, युवा र आम जनतामा पनि आवश्यक पहल सहित सहयोग गरिदिनु हुन सादार निवेद गर्दछु । अस्तु

लेखक हस्ताक्षर संकलन समितिका संयोजक युवा पण्डित समेत हुन्  ।

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर