Aamsanchar

महाअभियोग प्रस्तावबारे कांग्रेस सांसद अन्यौलमा

Author Image
मङ्गलवार, कार्तिक ९, २०७३

काठमाडौं,

lokman

नेपाली कांग्रेसका सांसदले तत्काल संसदीय दलको बैठक बोलाउन पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका छन् ।

मंगलबारदेखि संसदमा अख्तियार प्रमुख लोकमान सिंह कार्की विरुद्धको महाअभियोग प्रस्तावबारे छलफल हुने कार्यसूची भएपनि पार्टीको धारणा अझै अस्पष्ट भएको भन्दै सांसदले बैठक बोलाउन माग गरेका हुन् ।

महाअभियोग प्रस्तावबारे छलफल हुन केही घण्टा मात्र बाँकी रहँदासमेत पार्टीले स्पष्ट धारणा नबनाएपछि सांसद अलमलमा परेका छन् । मंगलबार बिहान केन्द्रीय समितिको बैठक बसिरहेको पार्टी कार्यालय सानेपा पुगेर सांसद राधेश्याम अधिकारी, धनराज गुरुङ, गगन थापा, रामहरि खतिवडालगायतले तत्काल बैठक बोलाउन सभापतिलाई आग्रह गरेका हुन् ।

पार्टीले महाअभियोग प्रस्तावबारे ठोस निर्णय नगर्दा मंगलबार दिउँसोदेखि संसदमा छलफल हुने महाअभियोग प्रस्तावबारे कसरी प्रस्तुत हुने भन्नेमा कांग्रेस सांसद अन्यौलमा परेका छन् । केही दिनदेखि केन्द्रिय समितिको बैठक बसे पनि कुनै निर्णय हुन सकेको छैन ।

अधिकांश केन्द्रीय सदस्यहरुले महाअभियोग प्रस्तावबारे पार्टीले पर्याप्त छलफल गरेर निर्णय लिनु पर्ने बताएपछि कांग्रेसले ठोस निर्णय गर्न सकेको छैन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 50

प्रतिक्रिया (०)

सम्बन्धित खबर