Aamsanchar

चुनाव हुनेमा शङ्का गर्नु हुँदैन् – देउवा

Author Image
शुक्रवार, फागुन १३, २०७३

विर्तामोड ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निकायको चुनाव हुनेमा शङ्का नगर्न आग्रह गर्नुभएको छ ।  नेपाली काँग्रेस झापाले आज विर्तामोडमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उहाँले भन्नुभयो – ‘संविधानको पूर्ण कार्यान्वयनका लागि चुनाव अपरिहार्य छ ।’

सभापति देउवाले संविधान संशोधन प्रस्तावअघि बढिसकेकाले स्थानीय निकायको चुनाव हुन्छ, यसमा कसैले शङ्का लिनु हुदैन् भन्दैे निर्वाचनमा होमिन कार्यकर्तालाई निर्देशन दिनुभयो ।

नेकपा (एमाले)ले समाजिक सद्भाव बिगार्ने काममा लागेको आरोप लगाउँदै उहाँले भन्नुभयो – ‘मधेसी र पहाडे दुबै नेपाली नागरिक हुन्, दुबैको अस्तित्वलाई स्वीकार गर्नुपर्छ, सिमानामा बसेर सीमाको सुरक्षा गर्ने मधेसी समुदायलाई शङ्का गर्नुहुँदैन ।”

काँग्रेस नेता कृष्णप्रसाद सिटौलाले मुलुकमा देखिएका थुप्रै समस्या र चुनौतीलाई समाधान गर्न काँग्रेसले मात्र सक्ने उल्लेख गर्दै काँग्रेस अभिभावक पार्टी भएकाले पनि त्यो जिम्मेवारी पूरा गनर््ुपर्ने दायित्व रहेको स्पष्ट पार्नुभयो ।

त्यस्तै काँग्रेस नेता तथा सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले “स्थानीय निकायको चुनावको मिति घोषणा भइसकेकाले चुनाव जुनसुकै अवस्थामा भएरै छाड्ने विश्वास व्यक्त गर्दै जनतामा अधिकार पु¥याउन पनि तीन तहकै निर्वाचन आवश्यक रहेको छ भन्न्ुभयो ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 106

प्रतिक्रिया (०)

सम्बन्धित खबर